Sunday, December 7सत्यम खबर
Shadow

राष्ट्रिय किसान संजालद्वारा “कृषी” किसानहरुको समग्र समस्या मांगलाई लिएर नेपालगन्जमा जुलुस सभा र प्रदर्शन

नेपालगन्ज २३ कार्तिक – राष्ट्रिय किसान सञ्जालद्वारा किसानका विविध मांग समस्याहरुका विषयलाई लिएर लुम्बिनी प्रदेशको नेपालगन्जमा आईतबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।

सातै प्रदेशका सदरमुकामहरुमा आईतबार विहान ११ बजे एकै समयमा गरिने भनिएको शान्तिपूर्ण जुलुस प्रदर्शन कृषी किसानसंग सम्बन्धित बिबिध बिषयमा मांग राख्दै विरोध कार्यक्रम अन्तर्गत राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले नेपालगन्जमा जुलुस प्रदर्शन बिरोधसभा गरेको छ ।

नेपालगन्जको एस.के. पेट्रोल पम्पदेखि शुरु भएको जुलुस प्रदर्शनमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ भित्र पर्ने किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी, सदस्य एवम आम किसानहरुको सहभागिता सहित प्रदर्शन कारकाँदौ चौकमा बिरोध सभामा परिणत भएको हो ।

उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेस दंगाल र नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले सम्बोधन गरेका थिए । भने सभामा अखिल नेपाल किसान महासंघ  केन्द्रीय सचिव आरती पौडेल र कांग्रेस भातृ संगठन  नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी क्षेत्रीले आफ्ना भनाइ राखेका थिए ।

जस अन्तर्गत समयमा पानी नपर्नु खडेरी र पछि देशभर परेको अविरल बर्षा धानबालीको क्षतिको न्यायोचित राहत, किसानले धान भित्र्उने बेला उचित समर्थन मुल्य, (कृषी-पशु) किसानका लागि हुने वीमा सम्बन्धि व्यवस्थाको उचित ब्यवस्था सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजार र बिचौनियाको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, सुपारी उत्पादक किसानको समस्या, उखुको समर्थन मूल्यको सरलीकृत व्यवस्था, बिसादी र बिसादी जन्य उपजहरुको नियमनका साथै (जलवायु मैत्री कृषी)जलवायु परिवर्तनले कृषी क्षेत्रमा पार्ने प्रभाव बारे अध्ययन अनुसन्धान लगायत किसानका सशक्त रुपमा मांग बिरोध सभाबाट उठान गरिएको छ ।

राष्ट्रिय किसान सञ्जालको संयुक्त बिरोध प्रदर्शन क्रममाआज नेपालगन्जमा खाद्य संस्थानको धान खरिद डिपोमा सरकारले निर्धारण गरेको मूल्यमा धान तत्काल खरिद गर्न भन्दै नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले साङ्केतिक रुपमा संस्थानमा तालाबन्दी गरेका थिए ।

राष्ट्रिय किसान सञ्जालमा ११ वटा सदस्य संघ संस्था संगठन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *