
नेपालगन्ज, २३ कार्तिक – अफिसियल युट्युबच्यानल मार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्वजनिक गरिएको हो ।
डिजिटल युगको बिकास भएसँगै पछिल्लो समय प्रत्येक क्षेत्रमा सहज भएको छ अर्को तिर भने चुनौती पनि थपिएको छ तर कतिपय प्रतिभाहरु यस्तो पनि छन् जसले गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान पनि बनाएका छन् ।

सोही क्रममा बिगत एक दशकदेखि गीत संगीतमा आफ्नो पहिचान बनाएका पर्सा जिल्लाको बीरगन्जमा जन्मिएका बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्वजनिक भएको छ । गीतमा बिज्ञान स्याङ्गबा र अस्मिता अधिकारीको आवाज रहेको छ भने बिज्ञान स्याङ्गबोको नै शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन एरेन्ज र मिक्स माष्टरिङ्ग बाबु प्रधानको रहेको छ । बिज्ञानले आफ्नो आवाजमा हालसम्म १० वटा गीत सार्वजनिक गरि सकेका छन् भने १ सय ५० भन्दा बढी गीतहरुको शब्द भरिसकेका छन् ।
निर्मलकुमार लामाको निर्देशन रहेको गीतमा आकाश श्रेष्ठ र अन्जु तामाङ्गको अभिनय रहेको छ । अन्जु तामाङ्गको यो पहिलो डेब्यु म्युजिक भिडियो हो । सुन्दरताले भरिएकी राम्री अन्जु तामाङ्गका हाल स्नातक तेस्रोमा बर्ष अध्ययनरत रहेकी छिन् । अन्जु तामाङ्गको घर भक्तपुर हो भने उनलाई गीत संगीतको क्षेत्रमा सानै देखि एकदमै चाहना रहेको उनले बताईन् । उनले यस गीतको म्युजिक भिडियो मार्फत अभिनयमा राम्रो भबिष्य रहेको देखाई सकेकी पनि छन् ।

गीतमा छायाँकन पवन शुस्लीङ्गले गरेका छन्, मेकअप शुभाष तिमिल्सिना र भिडियो सम्पादन तथा कलर पनि पवन शुस्लीङ्गले गरेका छन् । गीतलाई बिज्ञान स्याङ्गबोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
