Sunday, December 7सत्यम खबर
Shadow

ब्रिनोजबाट निःशुल्क शिविरमार्फत ७ हजार ६ सय ५६ जनाले पाए सेवा

नेपालगन्ज, २४ कार्तिक – पश्चिम नेपालको एक मात्र कान सम्बन्धी अस्पताल रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले प्रत्येक वर्ष गरिब, असहाय, निमुखी, आर्थिक स्तर कमजोर भएकाहरुको लागि निःशुल्क कान शिविरको आयोजना गर्दै आईरहेको छ ।
उक्त शिविरमा सहभागिताको लागि मंसिर १ गते नाम दर्ता तथा सोही दिन चेकजाँच गरिने छ भने चेकजाँचको क्रममा जटिल बिरामीहरुको लागि मंसिर ३, ४ र ५ गतेसम्म अप्रेशन गरिने ब्रिनोजका प्रबन्धक चेतनारायण चौधरीले बताउनुभयो ।

प्रबन्धक चौधरीका अनुसार निःशुल्क आयोजित शिविरको सम्पूर्ण व्यवस्थापन अस्पताल प्रा·णबाट नै हुनेछ भने गरिब, आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको चेकजाँच गरी अप्रेशन गर्नुपर्दा वडाबाट ल्याईएको सिफारिसको आधारमा अन्य बेलामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

हाल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा अस्पतालले मासिक ४००० हजार बिरामीहरूको चेकजाँच गर्ने गरेका तथ्यले देखाई रहेको छ । जसमा ३४ प्रतिशत भारतीय कानका बिरामीहरू आउने गरेका हुन्छन भने बाँकी ६५–७० प्रतिशत कानका बिरामीहरू बाँके, बर्दिया, दाङ्ग, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट लगायत जिल्लाहरूबाट सेवा लिन आउने गरेको प्रबन्धक चौधरीले बताउनु भयो ।

निःशुल्क शिविर बाहेकका दिनहरुमा गरिब आर्थिक अवस्था कमजोरहरुलाई वडाको सिफारिस लिएर आएको बेला ब्रिनोजबाट ५० प्रतिशतसम्म छुट दिईने व्यवस्था समेत रहेको प्रबन्धक चौधरीले बताउनु भयो ।

ब्रिनोजबाट हाल ओपिडी, ल्याब, हेरिङ्ग हेड, अडियोग्राम, अप्रेसन (मेजर÷माईनल), फर्मेशी सेवा दिनुका साथै सम्पुर्ण ओैषधिहरू समेत उपलब्ध गराउने व्यवस्था मिलाईएको प्रबन्धक चौधरीले बताउनु भयो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट उपलब्ध हुने सेवाहरू मध्ये कानको जाली (टिम्पानोप्लाष्टी) सम्बन्धी सामान्य अपरेशन गर्नु पर्दा ओैषधिलगायत चेकजाँचसम्मको करीब २० हजार खर्च लागत लाग्ने हुन्छ भने त्यस अतिरिक्त कानको हड्डी खाने रोग (एम.आर.एम.) लागेको बिरामीको लागि करीब ३० हजार खर्च लाग्ने गरेको प्रबन्धक चौधरीले बताउनुभयो ।

उहाँले दिएको जानकारी अनुसार प्राथमिक कान उपचार शिविरमा चेकजाँच गराएको बिरामीहरूले अस्पतालबाट अपरेशन हेरिङ्ग हेडमा १० प्रतिशत छुटको व्यवस्था रहेको बताउनुभयो ।

उहाँका अनुसार विगतदेखि देश भित्र विभिन्न जिल्लाहरूमा वार्षिक निशुल्क शिविरसमेत आयोजना गरिंदै आईएको छ । ०८१÷०८२ मा ६६ वटा आयोजना गरिएको थियो । जसमा ७ हजार ६ सय ५६ जना कानका बिरामीहरुले सेवा लिईएको तथ्य रहेको बताउनुभयो भने २०८२÷०८३ मा निःशुल्क शिविर संख्या बढाएर ७० वटा सम्म आयोजना गरिने तथा करीब ८ हजार ४ सय कानका बिरामीहरुलाई निःशुल्क सेवा दिईने लक्ष्य राखिएको प्रबन्धक चौधरीले बताउनुभयो ।

भिडियो हेर्नलाई तलको लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *