दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न
नरैनापुर, १६ कार्तिक - शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको आयोजनामा "शुभकामना आदान प्रदान तथा पुरुष तर्फको खुल्ला कबड्डी प्रतियोगिता" सम्पन्न भएको छ ।
प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५ मटेहिया, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर -६ कोहला,
श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टीम प्रतिस्पर्धामा भाग लिएका थिए ।
खेल संचालन गर्न बाँकेका सुजनकुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो । नरैनापुर वडा नं. ५ मटेहियाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको...









