Wednesday, November 20सत्यम खबर
Shadow

दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

नरैनापुर, १६ कार्तिक – शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको आयोजनामा “शुभकामना आदान प्रदान तथा पुरुष तर्फको खुल्ला कबड्डी प्रतियोगिता” सम्पन्न भएको छ ।

प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५ मटेहिया, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर -६ कोहला,
श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टीम प्रतिस्पर्धामा भाग लिएका थिए ।

खेल संचालन गर्न बाँकेका सुजनकुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो । नरैनापुर वडा नं. ५ मटेहियाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको खेल आजको युगमा गाउँघरमा लोप हुँदै गएकोले स्थानीय बुज्रुकहरुले कबड्डी खेलाउन सुझाए, विजेता टीमलाई पुरस्कार वितरण एवम् कार्यक्रम समापन सत्रमा भन्नु भयो । अध्यक्षले आपसी सद्भाव बढाउन तथा शारीरिक र मानशिक विकासमा खेलले महत्त्वपूर्ण हुने भएकोले युवाहरूको लागि खेलहरु आयोजना गरिरहने प्रतिबद्धता समेत गरेक थिए । कार्यक्रम दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको अध्यक्ष अमित चौधरीको अध्यक्षता तथा नरैनापुर वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य (युराज) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कबड्डी हेर्न स्थानीयहरुकाे घुँइचो समेत लागेको थियो ।प्रतिस्पर्धाका लागि दर्ता भएको ६ वटा टीमका ५४ खेलाडी सहभागी थिए भने खेल २०८१ कार्तिक १४ गते ४ ओटा खेल खेलाइएको थियो । जसमा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया,र श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी बीच फाइनल प्रतिस्पर्धा कार्तिक १५ गते भएको थियो भने १३ अंकको अन्तरले श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहियाले प्रथम जीत हात पार्दै रु ११०००/- जितेको थियो ।

यसैगरी, द्वितीय श्री जमुनी सुपर किङग्सले रु.५००० र तृतीय प्रगति युवा क्ल्ब मटेहिया र आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षमणपुरले रु.३०००/३००० पुरस्कार हात पार्न सफल भएका थिए । साथै कबड्डी प्रतियोगिताका कार्यक्रम संयोजक अरुण यादव, वडा अध्यक्ष, वडा सदस्य स्थानीय र खेल प्राविधिक तथा अफिसियल टीम स्थानीय युवाहरु लगायत सबैमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्नुकाे साथै विजेताहरुलाई बधाई एवम् आम जनमानसमा तिहारको शुभकामना प्रदान गर्दै अगामी दिन यस्ता खेलहरु आयोजना गर्न स्थानीय सरकारलाई सुझाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *