Friday, March 21सत्यम खबर
Shadow

दयारामकाे अध्यक्षतामा जाेगागाउँ मेला समिति गठन

सकिल अहमद राई

नेपालगन्ज, ११ कार्तिक – बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित सगरा कुट्टी क्षेत्रमा कार्तिक ३० गतेदेखि लाग्ने कार्तिक पूर्णिमा नहान मेलाको लागि मेला मूल समिति गठन गरिएको छ ।

प्रत्येक वर्षझैं यस वर्ष पनि कार्तिक पूर्णिमाको अवसरमा लाग्ने नहान मेलाको लागि १७ सदस्यीय मेला मूल समिति गठन गरिएको हो ।

वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको अध्यक्षतामा आइतबार बसेको बैठकले दयाराम भुजुवाको अध्यक्षमा मूल समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा तिरथ राम अहिर, सचिव दिनेश सिंह घरोख सह-सचिव कुलबहादुर थापा, कोषाध्यक्ष राजु काँदु रहेका छन ।

यस्तै सदस्यहरुमा महेशचन्द्र बर्मा, राजेन्द्र पासी, फरेन्द्रनाथ मिश्र, राजेन्द्र जरवट, उदय राज काँदु, ध्रुवराज यादव, मनसा राम कहार, विजय धवन, मोहम्मद रजा इद्रिशी, लवकुश बर्मा र राजेश यादव रहेका छन । बैठकले मेला मूल सुरक्षा समिति, मेला सल्लाहकार समिति लगायत गठन गरिएको छ । भने मेला अवधिभर समाचार सम्प्रेषण जिम्मेवारी सञ्चारकर्मी स्थानीय सकिल अहमद राईलाई दिएको छ ।

त्यस्तै मेलालाई सभ्य र भब्य बनाउन वडा अध्यक्ष गुप्ताको नेतृत्वमा समिति समेत बनाइएको छ । परम्परागत मेला अवधिभर तोकिएको स्थान बाहेक अन्य क्षेत्रभित्र रक्सी पसल, जुवा, तास जस्ता खेल नखेल्न / खेलाउन पुर्णरूपले बन्देज गरिएको छ । मेलामा सगराकुट्टी क्षेत्रभित्र मादक पदार्थ सेवन गरि प्रवेश नगर्न / गराउन समेत बन्देज गरिएको छ ।

मंसिर २ गतेसम्म सन्चालन हुने कार्तिक पुर्णिामा नहान मेलालाई सभ्य र भब्य बनाउन वडाअध्यक्ष गुप्ताले स्थानीयबासीलाई आग्रह अमेत गर्नुभएको छ । बैठकमा वडा नम्बर २ वडा सदस्यहरु, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *