नेपाल सम्वतको शुभारम्भमा नेपालगन्जमा भिन्तुना र्याली गरिने
नेपालगन्ज, ११ कार्तिक – नेपाल र नेपालीहरुको मौलिक सम्वत् नेपाल सम्वत् ११४५ यही शनिवार म्हः पूजा तथा गोवद्र्धन पूजाको दिन शुभारम्भ हुँदैछ । शुभारम्भको अवसरमा विगतमा झैं नेपालगन्जमा शुभकामना अर्थात् भिन्तुना ¥यालीको आयोजना गरिंदैछ ।
बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीको अध्यक्षतामा शुक्रवार र शनिवार नेपालगन्जमा सम्पन्न नेवार समुदायका संघ संस्था तथा गुठीहरुको वृहत् भेलाले नेपाल सम्वत्–११४५ शुभारम्भको अवसरमा नेपालगन्जमा भिन्तुना ¥याली आयोजना गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागी नेवाः अगुवाहरुले नेपाल सम्वत् नेवार समुदायको मात्र नभएकोले सबै जातजातिका नेपालीहरुले अपनत्व लिने गरी सहभागिता गराउन आयोजकलाई सुझाव दिएका थिए । उनीहरुले नेवाः सहित अन्य जाती, भाषा र सम्प्रदायका अगुवाहरुलाई पनि भिन्तुना ¥यालीमा आमन्त्रण गरी सब...









