नेपालगन्ज, १४ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा इट्टा उद्योग आफैले गरेको सहमतिलाई पटक–पटक दरकिनारा गर्दै आईरहेको स्थानीय किसानहरुको आरोप रहेको छ ।
किसानहरुको अन्नबाली लगाउने, शुरुवात गर्ने तथा अंकुर फुटने बेलामा चाचा इट्टा उधोगले आगो लगाउने गरेको गुनासो रहेकोले पीडित किसानहरुले सम्बन्धित ठाउँमा निवेदन दर्ता गराएपछि नेपाल इट्टा उद्योग व्यावसायी संघले त्यसमा चासो देखाउँदै विगतमा छलफल गराई अब उप्रान्त त्यसो नगर्ने भनी सहमति गरेपनि त्यसको कार्यान्वयन सम्बन्धत उधोगले नगरि दिएपछि यस विषयलाई अदालत सम्म पु¥याईएको थियो ।
सो विषयमा उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासले निषेधाज्ञा आदेश जारी गरेको छ । अदालतले जारी गरेको आदेशमा ‘यसमा अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा नियमानुसार पेस हुन आएको प्रस्तुत निवेदनमा विपक्षी चाचा ईट्टा उद्योगका तर्पmबाट मिति २०७९/०३/२१ मा नेपाल ईट्टा उद्योग व्यवसायी संघ, बाँकेका अध्यक्षलाई सम्बोधन गरी दिईएको संघको नीति नियम बमोजिम उद्योग संचालन गर्ने प्रतिबद्धता सहित संघको सदस्यता रहने सम्बन्धमा विषयको पत्रमा मिति २०७८/०९/२९ गते बसेको संघको विशेष साधारण सभाले गरेको अगामी सिजनमा ईट्टा उद्योगमा सुरु आगो लगाउने मिति माघ १ गतेलाई कायम गर्ने लगायतका उक्त दिन भएका निर्णयहरु अनुशरण पालना गर्ने भन्ने समेतको बेहोरा पारी पत्राचार भएको तथा मिति २०८०/०७/२२ गतेका दिन नेपाल ईट्टा उद्योग व्यवसायी संघको बैठकको निर्णय नं. ४ मा ईटा उद्योगमा शुरु आगो लगाउने (फायरि· डेट) अगामी ५ (पाँच) वर्षको लागि कायम हुने गरी पौष १५ गते कायम गर्ने गरी भएको निर्णयमा विपक्षी चाचा ईट्टा उद्योगको प्रो. नसिम खानको उपस्थित रही क.सं. ३९ मा हस्ताक्षरसमेत गरेको उल्लेखित मितिहरुका निर्णय र पत्रको प्रतिलिपिबाट खुल्न आएको देखिंदा पौष १५ गते अगावै भट्टाचिम्नीमा आगो लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाउमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ भनी उल्लेख गरिएको छ ।
यसै आदेशलाई संलग्न राखी आज बुधबार नेपाल ईट्टा उद्योग व्यवसायी संघको बैठक बसी यसलाई कार्यान्वयनतर्फ लैजान सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ‘‘आवश्यक सहयोग सम्बन्धमा’’ निवेदन समेत दर्ता गराईएको छ ।
यसबारे आफ्नो भनाई राखिदिन चाचा ईट्टा उद्योगका प्रो. नसिम खानलाई सम्बन्ध गर्दा पछि कुरा गरौं भनी जवाफ दिएका छन् ।