डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन
डुडुवा, २२ पुस – बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत आज बृहत रुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो– ‘मधेशी समुदायमा रगत दिनुनपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान शुरु गरिएको हो ।’ गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिबृद्धिका लागि यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।
आज आईतबार आयोजिक बृहत रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको थियो । विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म रगत दिनेहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, महिलालगायत सर्बसाधारण गरि २ सय ११ जनाले र...









