Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन

नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पुस – नितु शाहचन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पुर्व फुटबल खेलाडी नागिन देवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराउनु भयो । महिला फुटबलको विकासको लागि काम गर्ने उद्देश्यले महिला समिति गठन गरिएको शाहीले जनाउनु भयो । उहाँले भन्नु भयो, ‘बाँकेमा महिला फुटबलको इतिहास गर्विलो छ । यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टिमको समेत नेतृत्व गर्ने अवसर पाएका छन् । तर पछिल्लो समय महिला खेलाडीहरुले धेरै अवसर पाउनु भएको छैन । महिला फुटबलको विकासमा समितिलाई सक्रिय बनाउँदै फुटबलको स्तर बढाउने उद्देश्यले समिति गठन गरिएको ह...
लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पुस – नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहकारको रुपमा मनोनयन गरेको जनाएको छ । सिंह अखिल नेपाल फुटबल संघ ( एन्फा) का पूर्व उपाध्यक्ष हुनुहुन्छ भने राठौर एन्फाका पूर्व केन्द्रीय सदस्य र बाँके जिल्ला फुटवल संघका पूर्व अध्यक्ष हुनुहुन्छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा आयोजना गर्ने तयारी गरेको छ । नेपालगन्ज रंगशालामा हुने उक्त फुटवल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने छन् । प्रतियोगिताले पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण भुमिका खेल्ने अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् ब...
लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पुस – लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ । साढे तीन तले सुविधा सम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधि भित्र भवन निर्माण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय विति सक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निर्माण कम्पनी सनलाईट÷एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण सम्झौताको अवधी ...
मानव–वन्यजन्तु द्वन्द्वका चुनौतीः क्लब चौतारीमा युवाहरुको आवाज र समाधानको खोजी

मानव–वन्यजन्तु द्वन्द्वका चुनौतीः क्लब चौतारीमा युवाहरुको आवाज र समाधानको खोजी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पुस – बाँदर, बाघ, स्याल, र सुगा जस्ता वन्य जन्तुले ग्रामीण क्षेत्रका समुदायमा दिन दिनै समस्या सिर्जना गरिरहेका छन् । यी वन्य जन्तुहरूले घर भित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेका घटनाले गरिब किसानको जीविकोपार्जन कठिन बनेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, कचनापुरमा वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरु बारे गहिरो छलफल गरे । कार्यक्रममा बोल्दै जय दूर्गा यूवा क्लबका सदस्य विनोद मल्लले भने, “जंगलबाट आउने बाँदरको बथानले दिनदिनै घर भित्रका अन्न र पकाइएका खाने कुरा नष्ट गर्छ । बाँदर धपाउनका लागि सधैं कोही न कोही घर मै बस्नुपर्ने बाध्यता छ ।” अर्की सहभागी संगीताकुमारी थारुले आफ्नो पीडा व्यक्त गर्दै भनिन्, “पहिले हाम्रो घरमा कुखुरा पाल्थ्यौं, तर स्यालले खोरबाटै कुखुरा तानेर लग्ने भएपछ...
गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनको आयोजनामा १२१ जनाले रक्तदान गरे

गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनको आयोजनामा १२१ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पुस – बाँकेको नेपालगन्जमा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनद्वारा आयोजत बृहत रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, स्थानीय स्वयंसवी रक्तदाता महिला पुरुष सहित १ सय २१ जनाले शनिवार रक्तदान गरेको छन् । रक्तदान जीवनदान मूल उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा समाजसेवी, गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा र गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाहले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरिनुका साथै प्रमुख अतिथि माधवराम वर्माले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाह, नेपाल स्वयंसेवी रक्तदा...
गौरव स्मृतिद्वारा ३ जना रक्तदातालाई सम्मान

गौरव स्मृतिद्वारा ३ जना रक्तदातालाई सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
नेपालगन्ज, १४ पुस – गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँकेद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशमा ३ जना अत्याधिक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । कार्यक्रममा नेपालगन्ज निवासी ३ जना रक्तदाताहरुलाई गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँकेद्वारा सम्मान भएका छन् । गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाह, संरक्षक प्रदिप शाहले अधिकत्म रक्तदान गर्नु हुने नेपालगन्ज निवासी १ सय ५६ पटक रक्तदान भएका समाजसेवी शतक रक्तदाता गोपीनाथ बैश्य, नेपालगन्ज–१९ निवासी १ सय २ पटक रक्तदान गर्नु हुने समाजसेवी शतक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा नेपाल अधिराज्यमा पत्रकारमा अधिकत्म रक्...
नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ पुस – नेपाल निजामती कर्मचारी संगठन, नरैनापुर कार्यको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । नरैनापुर सामुदायिक भवनमा सम्पन्न अधिवेशनले लक्ष्मीकान्त मिश्राको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमति रूपमा चयन भएको समितिको अध्यक्षमा लक्ष्मीकान्त मिश्रा, उपाध्यक्षमा जीवनलाल यादव, कोषाध्यक्षमा कमल के सी तथा सचिवमा विनोद चौधरी चयन भएका छन् । यस्तै गरि अविधेशनले समितिको सदस्यहरुमा सदस्य हुश्न बानो दर्जी, घनश्याम थारू, मनबहादुर थापा, अब्दुल हकिम गुजर, टेकबहादुर धोबी, अफरोज खाँ र राम निवास बाहुनलाई चयन गरेको छ । नेकपा एमाले निकट जिल्ला पेशागत ईञ्चार्ज कृष्ण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य गणेश रिजाल र जिल्ला अध्यक्ष देबीलाल चौलागाई लयायतले आ–आफना मन्तब्य राखेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला ...
मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालय स्तरबाटै सिकाई आवश्यक

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागि विद्यालय स्तरबाटै सिकाई आवश्यक

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बर्दिया, १२ पुस – मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहन सहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहन सहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि कक्षा १० मा अध्ययनरत क्षात्रा सिता थारुले वन वन्य जन्तु तथा वातावरण संरक्षणको कुरा आफुहरुले अहिल्यै देखि सिक्न सके यस क्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्वन्यूनीकरण गर्न सहज हुने बताउनु भयो । साथै उहाँले विद्यालय आउँजाउँ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रो संग ध्यान दिन नसकेको ...
कर्णालीका विद्यार्थी नेपाल इको प्यानलमा

कर्णालीका विद्यार्थी नेपाल इको प्यानलमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, १२ पुस – कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित इको प्यानलको कारखानामा पुगेर इको प्यानलको उत्पादन प्रकृयाबारेमा अध्ययन भ्रमण गरेका हुन् । शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिंग तेश्रो वर्ष पहिलो खण्डमा अधययन गर्ने प्रशिक्षार्थीहरुले शैक्षिक अध्ययन अवलोकन गरेको कम्पनीले जनाएको छ । शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जुम्लादेखि भक्तपुरको इको प्यानलको कारखानामा लगिएको जानकारी गराए । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुले नाफा मात्रै केन्द्रित नभई सिक्ने सिकाउने संस्थाको रुपमा पनि कम्पनीलाई...
मेयर विष्टले गरे लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन

मेयर विष्टले गरे लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ पुस – लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ । बिहिबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गर्नु भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । नगर प्रमुख विष्टले नेपालगन्जले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरी राष्ट्रिय स्तरमा चिनिने अवसर प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालगन्जले देशभरमा खेलकुद क्षेत्रमा आफनो पहिचान बनाएको छ । नेपालगन्ज खेलकुदको हव हो । तर पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ । यो प्रतियोगिताले नेपालगन्जलाई चिनाउने अवसर पनि हो । हामीसँग भएको स्रोत साधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नु पर्छ । खेलाडीमाथि ...