डुडुवा, २१ पुस – बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा प्रार्य प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो ।
पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नाला लगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ ।
डुडुवामा अधिराज्य कै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरण अन्तर्गत वाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।
एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्दै डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौदेखिको योजना बल्ल कार्यन्वयनमा आएको बताउनुभयो । उहाँले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताउनु भयो ।
करिब २७विगाह जग्गामा बृहत्तर रुपमा पर्यटन क्षेत्रको दिर्घकालिन प्रोजेक्ट संचानल गरि कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताउनु भयो । वार्ड नंं. २ मा प्रर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडा अध्यक्ष दुर्गाप्रसाद बर्माले बताउनु भयो । अध्यक्ष बर्माले भन्नुभयो, –‘यस वडामा धार्मिक हिसाबले मठ मन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, वगर क्षेत्र, सिमानाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिने छ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।’
गाउँपालिकाको क्रमागत योजना अन्तर्गत रु १ करोड ४ लाख ६१ हजार ६ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दिपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनु भयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म वाउण्ड्री वाल निर्माणको काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।