Friday, February 7सत्यम खबर
Shadow

डिजिटल प्राविधिले मानव बेचबिखनमा असर गरिरहेको छः संयोजक कोइराला

नेपालगन्ज, १६ पुस – मानव बेचबिखन तथा ओसारपसारमा आजको समयमा डिजिटल प्राविधिले समेत ठूलो भूमिका खेलिरहेको साथी संस्थाका संयोजक केशव कोइरालाले बताएका छन् ।

मानव वेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगन्ज स्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् ।

मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्ये ४०७ जना फेला परेको जानकारी गराउनु भएको छ ।

माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक कोइरालाले भन्नुभयो, पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको छ, वैदेशिक रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् । सामाजिक सञ्जालसँग जोडिएर चिनजानको आधारमा बङ्गलादेश जान लागेकी युवतीको समेत उद्दार गरिएको छ । उनी इन्स्टाग्राममा चिनजान भई त्यसतर्फ जान लागेको माइती नेपालले जनाएको छ ।

माइती नेपालका अनुसार सन् २००२ यता नौ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोज तलासका लागि निवेदन परेकोमा दुई हजार ३२३ जना मात्रै फेला परेका छन् ।

भारत तथा तेश्रो मुलुकमा रहेका र समस्यामा परेका नेपालीहरुको उद्धारका लागि राज्य स्तरबाट प्रभावकारी संयन्त्र गठन गर्न माइती नेपालले माग गर्दै आएको छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकाको सीमाबाट उद्दार, पारिवारिक पूनर्मिलन,श्रम तथा यौन शोषणमा परेकाको उद्दार लगायतका काम गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *