
नेपालगन्ज, १९ पुस – नेपाल रेडक्रस सोसाइटी पुरैनी उप शाखाको २० औं उपशाखा सभा आज शुक्रवार सम्पन्न भएको छ ।
रेडक्रसको प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपमहासचिव राजकुमार वर्माले माल्यार्पण तथा ब्यानर वाचन गरी २० औं उपशाखा सभाको बिधिवत उद्घाटन गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखा बाँके उपसचिव मीरा अधिकारीद्वारा सञ्चालित उपशाखाका सभापति शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वार्षिक प्रगति प्रतिबेदन २०८०÷०८१ उप सचिव मीरा अधिकारी प्रस्तुत गरेकी थिइन । व्यय २०८०÷०८१ को प्रतिवेदन कार्य समिति महिला सदस्य सुमित्रा मल्लले प्रस्तुत गरेकी थिइन । कार्यक्रम तथा आ.ब २०८०÷०८१ मा २ लाख ७४ हजारको खर्च बिवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोर्बधनसिंह सम्झना,केन्द्रिय पूर्व उपाध्यक्ष अजीतकुमार शर्मा, वडा नं.२२ का पूर्व वडाध्यक्ष बिद्याराम वर्मा, नेरेसो पुरैनी उपशाखाका निर्वतमान सभापति फनबहादुर गुरुङ्ग, उपशाखा आजीवन सदस्य तथा नेपाली काँग्रेस महाअधिबेसन प्रतिनिधि प्रमेश्वरी पाठक, नेपाली काँग्रेस नगर का.ब. सभापति धनराज वर्मा, लगायतले २० औं पुरैनी उपशाखा सभाको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसरी सो कार्यक्रममा उपशाखाका आजीवन सदस्य तथा शतक रक्तदाता नेपालगन्ज १९ का निवासी पवन जायसवाललाई नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपमहासचिव राजकुमार वर्मा बिशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोर्बधनसिंह सम्झना, केन्द्रिय पूर्व उपाध्यक्ष अजीतकुमार शर्मा, परैनी उपशाखाका सभापति शिव कुमार वर्मा लगायतले अबीर,गम्छा सहित सम्मान–पत्र प्रदान गरी सम्मानित गर्नु भएको थियो ।
कार्यक्रममा सभाध्यक्ष शिव कुमार वर्मा पुरैनी उपशाखाले छिटै बृहत रक्तदानको आयोजना गर्ने बताएका छन् । पुरैनी उप शाखा बनाउनका लागी तत्कालिन वडा नं.२२ का वडाध्यक्ष बिद्याराम वर्माले सहयोग गर्नुभएको थियो विभिन्न रेडक्रस प्रेमीले पनि सहयोग गरेका छन् । यस उपशाखालाई तीन वटा वार्ड १९, २१ र २२ ले पुरैनी उपशाखा सहयोग गर्दै आई रहेका छन् ।
आ.ब २०८०÷०८१ मा भएको प्रगति विवरण वडा नं.२२ नहरपुर्वामा आफ्नै उपशाखा भवनमा कार्यालय खोली सञ्चालन गर्दै आएको छ । हालसम्म कार्य समितिको बैठकले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्ने पूर्ण रुपले प्रयास भएको छ । यस उप शाखा अन्तर्गत १ वटा सामुदायिक स्तरको युवा सर्कल र ३ वटा जुनियर सर्कल गठन भई सक्रिय रुपले काम गर्दै आई रहेको छ । यस उपशाखाको नाममा साँग्रिला डेभलपमेन्ट बैंक नेपालगन्जमा बचत खाता सञ्चालनमा रहेको छ । यस उपशाखा अन्र्तगत रहेका वडा नं.२२ को पुरैनी , १९ को बसुदेवपुर र २१ पुरैनामा अलग अलग प्रकृतिक प्रकोपबाट पिडित परिवारलाई सेवाहरु उपलब्ध गराउँदै आएको छ, जस्तै आगलागी, बाढी पिडित र वर्षाबाट पिडित परिवारलाई लत्ता कपडा, भाडा, त्रिपाल, कम्बल, बाल्टी र अन्य सामग्रीहरु वितरण गरिएको छ । वडा नं.२२ को वडा कार्यालयको सहयोगमा बाउण्डूी भित्र निर्माण, १ थान मोटर पम्म जडान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सिढी र रेलिङ्ग निर्माण गरिएको । वडा नं.२२ र १९ को सहयोगमा आयोजित रक्तदान कार्यक्रम कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए, वडा नं.२१ द्वारा १ थान सोपा सेट उपशाखालाई प्रदान गरिएको, उपशाखाबाट १२ जनालाई आजीवन सदस्यता प्रदान गरिएको, लायन्स क्लब र साना किसान पुरैनीको सहयोग र उपशाखाको समन्वयमा महिलाहरुका लागी पाठेघर शिविर सञ्चालन गरिएको, बिश्व रेडक्रस दिवसको अवसरमा आधारभूत बिद्यालय पुरैनीमा रेडक्रस अभियान सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।
आगामी आर्थिक वर्ष २०८१/०८२को लागी प्रस्ताविक कार्यक्रम तथा लक्ष्यमा उप शाखामा आजीवन सदस्यता बृद्धि गरिने, बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने, उपशाखाद्वारा युवा सर्कल र जुनियर सर्कललाई रेडक्रस अभियान र नेतृत्व बिकास तालिमको आयोजना गरिने, वडा नं.२२ को पुरैनी, १९ को बसुदेवपुर र २१ पुरैनाको सहयोगमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने, उपशाखाद्वारा बिभिन्न रेडक्रस दिवसहरु भव्यताका मनाइने छ, यस उपशाखा अन्र्तगत वडा नं.२२ को पुरैनी, १९ को बसुदेवपुर र २१ पुरैनाको बिपदबाट पिडित परिवारलाई आवश्यक सामाग्री जिल्ला शाखाको सहकार्यमा उपलब्ध गराइने प्रतिवेदनमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोर्बधनसिंह सम्झनाले धन कुमारी गोडियालाई आजीवन सदस्यता प्रमाण–पत्र वितरण गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी सदस्य तथा आजीवन सदस्य खगेश्वरी रावतले स्वागत मन्तव्य गरेकी थिइन । सो कार्यक्रममा पुरैनी उपशाखा अन्तर्गत वडा नं.२२ को पुरैनी , १९ को बसुदेवपुर र २१ पुरैनाका आजीवन सदस्यहरुको सहभागिता रहेको थियो ।