Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

क्रेसर उद्योगको दादागिरी !

क्रेसर उद्योगको दादागिरी !

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – बाँकेमा रहेका केही क्रेसर उद्योगको मनपरी । कोही मापदण्ड बिपरीत सञ्चालन गर्छन्, त कोही मनपरी भण्डार एवं बिक्री बितरण । यस अघि डुडुवा तथा राप्ती सोनारीमा गरिरहेको मनपरी, अहिले नेपालगन्ज उपमहानगरपालिकामा समेत देखा पर्न थालेको छ । डुडुवा गाउँपालिका वडा नं. ३ स्थित बाबा क्रेसर उद्योगको नामले सञ्चालन रहेको बाबा स्टोनले अहिले नेपालगन्ज वडा नं. २२ स्थिति रहेको हुलाकी सडक मार्ग नै कब्जा गरि खुल्ला रूपमा भण्डार गरी बिक्री बितरण गरिरहेको छ । त्यस क्षेत्रबाट हिड्ने सवारी साधनहरुले खुल्ला अवस्थामा राखिएको बलुवा, मोरंग, माटोबाट उड्ने धूलोले भोली दुर्घटना हुँदा जिम्मेदार को हुने ? यदि समय मैं सचेत नभई सम्बन्धित निकायले यस बिषयमा चासो नदिए बाँकेमा अहिले बढ्दो दुर्घटनालाई झन बढ्ने निश्चित छ । क्रेसर उद्योगको मनपरी वा दादागिरीको बिषयमा समाचार कुनै नौलों होइनन् तर अब नेपालगन्...
डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ४ माघ – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१÷०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्तर्गत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय हिरिमिनियामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । भत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेको बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्ती मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । यस अघि गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिसकिएको र बाँकी वडामा पनि वितरण शुरु हुने वडा सचिव शिवकुमार मौर्...
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ माघ – भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्टिूय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ । प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्र्कष निकालेको थियो । आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै ना...
रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रुपन्देही, ३ माघ - रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नु भएको हो । माघ ३ देखि ५ गते सम्मसंचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिनु भयो ।   प्रतियोगिता अन्र्तगत एथ्लेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल तर्फ २ वटा ईभेन्ट, कवड्डी तर्फ २ वटा ईभेन्ट र कराते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले जानकारी दिनु भयो । सोही अवसरमा गत बर्षको विजेता विद्यालय देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड ह...
एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको छ । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो । प्रतियोगितामा श्री माध्यमिक विद्यालय बनकट्टी दोस्रो, फ्लोरिक एकेडमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएको छ, भने पशुपति माध्यमिक विद्यालय नौरीगौढी सान्त्वना भएको थियो । प्रतियोगितामा विजयी भएका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिक गुणस्तर मापनका लागि यस्ता प्रतियोगिताले मद्दत पुग्ने भन्दै विद्यालय र विद्यार्थीको पढाईको क्षमता अनुसार आगामी दिनमा शैक्षिक गुणस्तरमा जोड दिने बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिकस्तर बृद्धि त...
उपकुलपति प्रा.डा. नेपाललाई स्वागत

उपकुलपति प्रा.डा. नेपाललाई स्वागत

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. धनेश्वर नेपाल महेन्द्र पुस्तकालय नेपालगन्जको आयोजनामा बिहीवार बधाई तथा स्वागत कार्यक्रममा सम्मान गरिएको छ । महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बधाई तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरिप्रसाद तिमिल्सिना, तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगञ्जकी अध्यक्ष मीना बराल, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजाल अबीर तथा खादा लगायर स्वागत गरेका थिए । यसरी कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ्गक...
कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा

कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – श्री कालीथान मन्दिर व्यवस्थापन समितिको २१ औं साधारण सभाले स्थानीय गोविन्द नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार सम्पन्न २१ औं साधारण सभा तथा अधिवेशनले उक्त कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष पदमा हौसीलाल चिडीमार, सचिवमा वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष पदमा श्रीमती सरिता श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा वडा नं. १२ का सदस्य राज कुमार बाल्मिकी, श्याम सुन्दर अधिकारी, माधव प्रसाद पोखरेल, राजीव रेग्मी, विशाल गुप्ता र मीना वर्मा रहनु भएको छ । त्यसैगरि संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष श्री तरुण बज्राचार्यलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा अजीतकुमार शर्मा, श्रीमती लता शर्मा, श्यामबहादुर मल्ल, चतुर्भूज ज्ञवाली रहनु भएको छ । यसअघि समितिका अध्यक्ष श्रीमती लता शर्माको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन गर्दै प...
महिलासहित ३८ जनाले गरे रक्तदान

महिलासहित ३८ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – नेपाल स्वयंसेवी रक्तदाता समाज तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी नगर समितिको संयुक्त आयोजनामा एक महिला सहित ३८ जनाले रक्तदान कार्यक्रम गरेका छन् । बाँसगढी नगरपालिकाकाको संरक्षकत्वमा, नगर अस्पताल बाँसगढी बर्दियामा आयोजित रक्तदान कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम वली, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका उपाध्यक्ष सन्तोष बाँस्तोला, समाजका नगर अध्यक्ष विनोद परियार, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी नगर समितिका सभापति कमल बहादुर खत्रीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक महेश राना क्षेत्रीलाई हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले ब्यानर वाछन गरेर बिधिवत रुपमा उद्घाटन गरेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति अध्यक्ष बिनोद परियार (सन्देश) का अनुसार समाजका सल्लाहकार तथा अत...
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अयोध्या, २८ पुस – अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त रुपमा आयोजित अन्तर्राष्ट्रिय अवधी सम्मेलनमा प्राचिनकालदेखिको इतिहास बोकेको अवधी भाषाको विकास संरक्षण तथा सम्बद्र्धनका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताइएको थियो । कार्यक्रमका सहभागी दुई देशका पत्रकारले अवधी भाषा, कला संस्कृतिको जर्गेनाका लागि अवधी भाषामा विद्यावारिधी तहसम्म विश्वविद्यालयमा पढाईको कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल र भारतका विश्वविद्यालयमा अवधी भाषाको उच्च शिक्षाको पढाईको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । भारतको उत्तर प्रदेश र नेपालको पश्चिम क्षेत्रमा बोलिने अवधी भाषाको छुट्टै पहिचान रहेकाले यो क्षेत्र अवधको रुपमा पहिचान बनाएकाले अवधीको विरासतल...
क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ पुस – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनीको आयोजना गरेको छ । बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा पठन पाठनका विभिन्न क्रियाकलाप तथा खेलकुद लगायतका गतिविधिलाई समेटिएको छ । मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा प्रदर्शनीबाट प्रमाणित हुने गरेको क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीकी संस्थापक प्रिन्सीपल खिमा थापा ले बताउनु भयो । स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गर...