Saturday, April 26सत्यम खबर
Shadow

ब्रिनोजको सहयोगमा ४८० जनाको निःशुल्क कान परीक्षण

नेपालगन्ज, २५ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोग तथा दार्मा गाउँपालिकाको समन्वय एवं आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी ४८० जनाको निःशुल्क कान जाँच गरिएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित सहयोग गरिएको निःशुल्क शिविरमा १७८ जना पुरुष तथा ३०२ जना महिला गरी जम्मा ४८० जनाको कान जाँच निःशुल्क शिविर दार्मा गाउँपालिकाको विभिन्न वार्डहरुमा पुस १६ गतेदेखि शुरु गरी आज समापन गरिने कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो ।

आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा ४८० जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित ११८ जना रहेको बताए ।
आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्राथमिक कान उपचार शिविर ४ दिनसम्म सञ्चालन गरिएको छ । पहिलो दिन पुस १६ गते मंगलबार ढाकाडाम स्वास्थ्य चौकी दार्मा गाउँपालिका–५, त्रिवेणी सल्यानमा सञ्चालन गरिएको थियो भने पुस १७ गते बुधबार भल्चौर स्वास्थ्य चौकी दार्मा–४ भल्चौर, सल्यान, पुस १८ गते दार्माकोट स्वास्थ्य चौकी, दार्मा–१, सल्यानमा सञ्चालन गरिएको थियो भने आज शुक्रबार दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–३, थुम्केसल्लीमा शिविर सञ्चालन गरी समापन गरिने कान चेक जाँच बरिष्ठ कान सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज भिषणकुमार थारुले बताउनुभयो ।

उक्त निःशुल्क कान स्वास्थ्य शिविरमा बिन्रोजका कान जाँच सहायक दामोदर चौधरीको समेत सहभागिता बताउँदै आउटरिच इन्चार्ज थारुले ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न सदैव तत्पर रहेको तथा हामीसित सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *