Sunday, February 9सत्यम खबर
Shadow

डुडुवामा बृहत रक्तदान हुँदै

डुडुवा, २१ पुस – बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्तर्गत बृहत रक्तदान गर्र्ने भएको छ । मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीले भन्नुभयो– “रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापनमा सहजताका लागि यो अभियान शुरु गरेको छु, यसका साथै मधेशी समुदायमा रगत दिनुनपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान थालेको भन्नुभयो ।”

गाउँपालिकाले भोली पुस २१ गते पालिकाको कार्यालयमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाभित्र गरिब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बर्षमा दुई पटक बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँका अनुसार बृहत रक्तदान कार्यक्रममा करिब तीन सय बढीको रगत संकलन गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि जनप्रतिनिधी, कर्मचारी, युवा, युवती, महिला, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी स्थानीय लगायत सबैको सहभागिता गराइने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेले बताउनुभयो ।

“रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔ ।” भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जनचेतनाको अभावमा अझै पनि अधिकाँस नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *