सेनेटरी प्याड बनाउने तालिम आत्मनिर्भर बन्नका लागि उपयोगी हुनेमा जोड
नेपालगन्ज, २७ वैशाख – सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न उपयोगी हुने बताइएको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा गरीएको तिन दिने तालिमको आज समापन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नेपालगन्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरुलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सिप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम गरीएको बताउनुभयो । उहाँले यस तालिमपछि महिलाहरुले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभइ ब्यापारीक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राख्नुभयो ।
कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीप बिकास भएको बताउनुभयो...









