Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, १६ बैशाख – भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शन र पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको हो । आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ । विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो । ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक...
शिक्षा सुधारका लागि ध्यानाकर्षण सप्ताह व्यापी कार्यक्रम

शिक्षा सुधारका लागि ध्यानाकर्षण सप्ताह व्यापी कार्यक्रम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ बैशाख – शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागी ध्यानाकर्षण गराउनका लागी कार्यक्रम सप्ताह ब्यापी सञ्चालन भैई रहेको छ । एनसीई नेपाल जिल्ला कार्य समिति बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगन्जको सहकार्यमा सोमबार कार्यक्रमको पहिलो दिनमा शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह ब्यापी अन्तर्गत रैली तथा छलफल गरिएको छ । हरेक वर्ष यो कार्यक्रम बैशाख महिनामा सप्ताह ब्यापी गर्ने गरिन्छ । शिक्षामा रुपान्तरण हुनु प¥यो, गुणस्तरीय शिक्षा, शिक्षकलाई आवश्यक तालीम, दैनिक जीवनका लागी शिक्षा हुनुपर्छ । “शिक्षाले जीवन बचाउँन्छ, शिक्षा अधिकार सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ बिश्वभरका नागरिक समाजहरुले मनाउने शिक्षाका बिश्व ब्यापी कार्य सप्ताह–२०२५ शुरु भई रहेको छ । यसरी नेपालमा शिक्षाका लागी राष्ट्रिय अभ...
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ बैशाख १६ गते, मंगलबार समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ ।नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा...
मानव एकता दिवसको उपलक्ष्यमा ६७ जनाद्वारा रक्तदान

मानव एकता दिवसको उपलक्ष्यमा ६७ जनाद्वारा रक्तदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख – “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज, बाँके शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा आज शनिवार महिला पुरुष गरी ६७ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले ब्यानर वाचन गरी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बास नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाका प्रमुख (मुखी) शिवप्रसाद गोडियाको अध्यक्ष...
एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ वैशाख – विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इन्जुरी समयमा गीता रानाको हेड गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो । आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो । एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा...
डुडुवा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १२ बैशाख – डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो । आज शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुने बताउनुभयो । अध्यक्ष चौधरीले अब छिट्टै ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवाको तयारी भएको जानकारी दिनुभयो । गाउ...
दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिन प्रतियोगिता नेपालगन्जमा हुने

दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिन प्रतियोगिता नेपालगन्जमा हुने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ बैशाख – दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिन प्रतियोगिता २०८२ को तयार बारे आज पत्रकार सम्मेलन गरी जनाईएको छ । बाँके जिल्ला मै प्रतियोगिता सम्पन्न गराउने तयारी भईरहेको जानकारी गराउँदै बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघ बाँकेका सचिव चन्द्र शेखर थापाले यही आउँदो बैशाख २६ र २७ गते (शुक्रबार र शनिबार) का दिन नेपालगन्जमा आयोजना गरिने भएको बताउनुभयो । सचिव थापाले– प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने जानकारी गराउँदै प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरिने बताउनुभयो । उहाँले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने बताउनुभयो । बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका अध्यक्ष बिनी टण्डनको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा यस क्षेत्...
लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ वैशाख – अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन् । नेपालगन्जमा आज पत्रकारहरु संग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी छिन । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउँदै नतिजा आफूहरुले जित्ने दाबी गरेकी हुन । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छिन । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताएकी छिन । यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनिती बनाएर अगाडी बढ्ने उदघोष गरेका छन् । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिए कै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै सुवेदीले भने, “फुटबलमा नजिता जस...
रौतहटलाई स्तब्ध पार्दे एपीएफ क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा प्रवेश

रौतहटलाई स्तब्ध पार्दे एपीएफ क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ वैशाख – विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल सँगको टोलीलाई ३–० गोल अन्तरले स्तब्ध पार्दे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाप सकिदा सम्म दुबै टीमबाट गोल हुन सकेन । एपीएफको तर्फबाट दोस्रो हाफको ७३ औ मिनेटमा अनिता केसीले एक गोल गरीन । अनिताको एक गोलले एपिएफलाई उर्जा मिलेको देखिन्थ्यो भने रौतहटले पनि कडा चुनौती दिइरहेको थियो । दोस्रो हापको ८० औ मिनेटमा एपीएफकै निशा ठोकर र ९० औ मिनेटमा सबिता राना मगरले १–१ गोल गरे । थप गरीएको ३ मिनेट अतिरिक्त समयमा पनि रौतहटले कुनै गोल गर्न सकेन । खेलमा म्यान अफ द म्याच एपीएफकी अनिता केसी भइन् । अनितलाई शसस्त्र प्रहरी जवान शिक्षालयका वरिष्ठ उपरीक्षक गंगाराम श्र...
नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० वैशाख – विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट पहिलो हापको २९ औ मिनेटमा मिना देउवाले एक गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन । पहिलो हाप सकिदा सम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हापको ८० औ मिनेटमा आर्मीका तुलसा बोहोराले एक गोल गरीन । आर्मीका तुलसा बोहोराले गोल गरेपछि खेलको निर्धारित समय सकिदा सम्म दुबै टिमबाट थप अर्को गोल हुन सकेन । १÷१ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सु...