Thursday, May 15सत्यम खबर
Shadow

बिभिन्न कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइयो

नेपालगन्ज, २५ बैशाख – मानवताको पक्षमा भन्ने मूल नारामा केन्द्रित रही जुनियर÷युवा रेडक्रस सर्कल ज्ञानोदय माध्यमिक विद्यालय खजुराले बैशाख २५ गते मन्दिर प्राङ्गण सरसफाई तथा अभिमुखीकरण कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइएको छ ।

ज्ञानोदय जुनियर÷युवा सर्कलका संरक्षक ऋषिराम सापकोटाको सभापतित्व, नेपाल सोसाइटी बाँके शाखाका सदस्य यमनारायण महतोको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

सरसफाई तथा अभिमुखीकरण कार्यक्रममा सयभन्दा बढी सहभागिता रहेको थियो । शिक्षक नायक लेकप्रसाद प्याकुरेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सहनायक दिलमाया थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि यमनारायण महतोले रेडक्रसका विगतदेखि वर्तमान सम्मका विविध गतिविधिहरु माथि प्रकाश पार्दै जुनियर युवा सर्कलका आबद्ध सदस्यहरुले गर्नुपर्ने भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो । अभिमुखीकरण पश्चात खजुरा गाउँपालिका वार्ड नं.– ३ मा अवस्थित दुर्गा कालिका मन्दिर र ज्ञानोदय नमूना माध्यमिक विद्यालयको प्राङ्गण सरसफाई गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *