नेपालगन्जमा जेष्ठ ९ र १० गते व्याडमिन्टन तथा १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने
नेपालगन्ज, २ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा यही जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै पूर्व खेलाडी समाज बाँकेद्वारा जानकारी गराउँदै उहाँहरुले – खेलकुद जीवनमा महत्वपुर्ण योगदान पुर्याउनु भएका पुर्ब खेलाडीहरुलाई एउटै मञ्चमा गोलबद्ध गरि उनीहरुको हकहित र संरक्षण गर्नका साथै खेलकुद क्षेत्रको सम्बर्धन गर्ने उद्देश्यले बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा २०८१ साल पौष १६ गते पुर्ब खेलाडी समाज बाँके दर्ता गराईएको बताए । संस्था दर्तासंगै हामीले यस बर्ष नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा बिधालय स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको जनाएका छन् ।
नेपालगन्ज रंग...









