Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु-१४ फुटबल च्याम्पियन

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु-१४ फुटबल च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल (छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा गोल गर्नु भयो । टोलीका लेखराज भारतीले ४१औं मिनेटमा गोल गर्नु भएको थियो । कोहलपुर बागेश्वरीका आशिष बलमे सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर बागेश्वरीले अग्रतालाई धेरै बेरसम्म जोगाउन सकेन । त्यस्तै खेलको २०औं मिनेटमा सिद्धार्थका नविन रोकाले रातो कार्ड पाएर मैदान बाहिर जानु परेको थियो । बागेश्वरीका खेलाडीले डिबक्समा बल अगाडी बढाइरहेका बेला अन्तिम डिफेन्सका रुपमा रहेका नविनले बि...
श्री १००८ हडिया बाबा मेलामा साधुसन्तलाई आँखा र कानको निःशुल्क शिविर

श्री १००८ हडिया बाबा मेलामा साधुसन्तलाई आँखा र कानको निःशुल्क शिविर

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ कार्तिक – श्री १००८ हडिया बाबा आश्रममा आयोजित मेलामा साधुसन्तहरुलाई आँखा कानको निःशुल्क शिविर आयोजना गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रामा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन, नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको संयुक्त आयोजनामा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको छ । मेलामा उपस्थित रहेका करिब ८ सय साधुसन्त, महत्माहरुलाई निःशुल्क शिविरमा चेकजाँच गरिएको गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले जानकारी गराए । उनका अनुसार शिविरमा चेकजाँच गराएका साधुसन्त, महत्माहरुलाई जटिल रहेका र सैल्यक्रिया गर्नु परेका सबै निःशुल्क रहने संरक्षक शाहले जानकारी गराए । साधुसन्त, महत्माहरुलाई कान र आँखाको जटिल समस्या देखा परेको जानकारी गराए । सैल्यक्रिया गर्नु परे करिब २० देखि ३० हजारसम्म खर्च आउने ...
नेपालगन्ज सेन्ट जेभियर्स, सिद्धार्थ र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश

नेपालगन्ज सेन्ट जेभियर्स, सिद्धार्थ र कोहलपुर बागेश्वरी फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ कार्तिक – नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स टिमले वेस्टजोन हाईस्कुललाई २–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औं मिनेटमा र आकृति यादवले १६औं मिनेटमा गोल गर्नु भयो । प्रतियोगिताको उपाधिको लागि नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्याण्ड स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी छात्रा तर्फको फाइनलमा सिद्धार्थ विद्या सदन नेपालगन्ज र कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलले प्रतिस्पर्धा गर्नेछन् । नेपालगन्ज रंगशालामा सोमबार भएको सेमिफाइनलमा सिद्धार्थ विद्या सदनले एकतर्फी नतिजा निकाल्ने क्रममा ग्रीनपिस मावि कोहलपुरलाई ९–१ ले हराएको छ । सिद्धार्थको जितमा लेकराज भारतीले ह्याट्रिक गर्नु भयो । उहाँल...
प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – बर्दियाको बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू र लेखापाल नारायणराज त्रिपाठीको मिलेमतोमा २६ करोड रुपैयाँभन्दा बढी रकम बेरुजु भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ देखि २०८/०८१ सम्मको अवधिमा ठूलो रकम हिनामिना भएको पुष्टि गरेको हो । गाउँपालिकामा अहिलेसम्म ४९ करोड ८८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्र फछ्यौट भएको छ । प्रतिवेदनका अनुसार २०७७/०७८ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अर्जुन सुवेदी र लेखापाल नारायणराज त्रिपाठी तथा विनोदराज खनाल संलग्न रहँदा ९ करोड ९१ लाख रुपैयाँ बेरुजु भएको थियो । २०७८/०७९ मा पुनः अर्जुन सुवेदी र धर्मराज न्यौपानेको कार्यकालमा ८ करोड ८५ लाख रुपैयाँ बेरुजु देखिएको छ । २०७९/०८० मा लेखापाल त्रिपाठ...
ब्रिनोजबाट निःशुल्क शिविरमार्फत ७ हजार ६ सय ५६ जनाले पाए सेवा

ब्रिनोजबाट निःशुल्क शिविरमार्फत ७ हजार ६ सय ५६ जनाले पाए सेवा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – पश्चिम नेपालको एक मात्र कान सम्बन्धी अस्पताल रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले प्रत्येक वर्ष गरिब, असहाय, निमुखी, आर्थिक स्तर कमजोर भएकाहरुको लागि निःशुल्क कान शिविरको आयोजना गर्दै आईरहेको छ । उक्त शिविरमा सहभागिताको लागि मंसिर १ गते नाम दर्ता तथा सोही दिन चेकजाँच गरिने छ भने चेकजाँचको क्रममा जटिल बिरामीहरुको लागि मंसिर ३, ४ र ५ गतेसम्म अप्रेशन गरिने ब्रिनोजका प्रबन्धक चेतनारायण चौधरीले बताउनुभयो । प्रबन्धक चौधरीका अनुसार निःशुल्क आयोजित शिविरको सम्पूर्ण व्यवस्थापन अस्पताल प्रा·णबाट नै हुनेछ भने गरिब, आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको चेकजाँच गरी अप्रेशन गर्नुपर्दा वडाबाट ल्याईएको सिफारिसको आधारमा अन्य बेलामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । हाल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा अस्पतालले मासिक ४००० हजार बिरामीहरूको चेकजाँच गर्ने...
होलि ल्यण्डको गल्र्स टिम फाइनलमा प्रवेश

होलि ल्यण्डको गल्र्स टिम फाइनलमा प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – होलि ल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले गोल गर्नु भयो । मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी घिमिरेले गोल गर्नु भएको थियो । यसैगरी छात्रा तर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । ...
बिज्ञान स्याङ्गबोको यो नयनबोलको गीत सार्वजनिक

बिज्ञान स्याङ्गबोको यो नयनबोलको गीत सार्वजनिक

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ कार्तिक – अफिसियल युट्युबच्यानल मार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्वजनिक गरिएको हो । डिजिटल युगको बिकास भएसँगै पछिल्लो समय प्रत्येक क्षेत्रमा सहज भएको छ अर्को तिर भने चुनौती पनि थपिएको छ तर कतिपय प्रतिभाहरु यस्तो पनि छन् जसले गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान पनि बनाएका छन् । सोही क्रममा बिगत एक दशकदेखि गीत संगीतमा आफ्नो पहिचान बनाएका पर्सा जिल्लाको बीरगन्जमा जन्मिएका बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्वजनिक भएको छ । गीतमा बिज्ञान स्याङ्गबा र अस्मिता अधिकारीको आवाज रहेको छ भने बिज्ञान स्याङ्गबोको नै शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन एरेन्ज र मिक्स माष्टरिङ्ग बाबु प्रधानको रहेको छ । बिज्ञानले आफ्नो आवाजमा हालसम्म १० वटा गीत सार्वजनिक गरि सकेका छन् भने १ सय ५० भन्दा बढी गीतहरुको शब्द भरिसकेका छन् । निर्मलकुमार लामाको निर्देशन रहेको गी...
यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनल प्रवेश

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनल प्रवेश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ कार्तिक – जेन्जी आन्दोलनका कारण रोकिएको यु–१४ फुटबल प्रतियोगिता शनिबार देखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन संचालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । शनिबार भएको खेलमा जित हासिल गर्दै कोहलपुरको ग्रीनपिस स्कुल र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा ग्रीनपिसले मनकामना मावि नेपालगन्जलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले दिपज्योती विद्याश्रमलाई १–० ले हराएको छ । ग्रीनपिसको जितमा रोहन सापकोटाले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको १७आंै, ३२औं र ५०औं मिनेटमा गोल गर्नु भयो । यसैगरी अर्को खेलमा युनाइटेडका आदित्य लम्सालले गोल गर्दै टोलीलाई जित दिलाउनु भयो...
१३ जना महिलासहित ९४ जनाले गरे रक्तदान

१३ जना महिलासहित ९४ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० कार्तिक – बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १६ औंं पटक आयोजित “रक्तदान जीवन दान” भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रममा १३ जना महिला र ८१ जना पुरुष गरी ९४ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिको सहयोग तथा समन्वयकर्तामा, ठाकुरबाबा नगरपालिका वार्ड नं.२ रानीपुर कर्भड हलमा आयोजित १६ औंं पटक आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, सुरक्षकर्मी, स्वयंसेवी रक्तदाता लगायत रक्तदान गरेका हुन । ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका उपनगर प्रमुख बीनाकुमारी भट्टराईले नेपाल रेडक्रस सोसाइटी, कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन पाकेट हस्तान्तरण गर्नु भएको थियो । आयोजित रक्तदान कार्यक्रममा उपप्रमुख बीनाकुमारी भट्टराईले ११ औं पटक रक्तदान ग...
कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ कार्तिक - सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट कर्णाली प्रदेश योजना आयोगका विभिन्न गतिविधिहरु प्रशारण गरिने भएको छ ।   प्रदेश योजना आयोगले कर्णाली प्रदेश अन्तर्गत विभिन्र योजनाहरु कसरी संचालन भइरहेको छ र त्यसका कार्यबिधिहरु के कस्तो रहेका छन् भन्ने विषयहरु कार्यक्रममा समेटिने छ। आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश योजना आयोग बीच द्विपक्षीय सम्झौता भएको हो ।   उक्त अवसरमा आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले रेडियो कार्यक्रम मार्फत कर्णाली प्रदेशभर योजना आयोगका गतिविधिहरु सहज रुपमा नागरिकमा पुर्‍याउन आग्रह गर्नुभयो ।   सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेतका प्रमुख बिजयकुमार बर्माले कर्णाली प्रदेशको...