Wednesday, February 4सत्यम खबर
Shadow

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनल प्रवेश

नेपालगन्ज, २३ कार्तिक – जेन्जी आन्दोलनका कारण रोकिएको यु–१४ फुटबल प्रतियोगिता शनिबार देखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन संचालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।

शनिबार भएको खेलमा जित हासिल गर्दै कोहलपुरको ग्रीनपिस स्कुल र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा ग्रीनपिसले मनकामना मावि नेपालगन्जलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले दिपज्योती विद्याश्रमलाई १–० ले हराएको छ ।

ग्रीनपिसको जितमा रोहन सापकोटाले ह्याट्रिक गर्नु भयो । उहाँले खेलको १७आंै, ३२औं र ५०औं मिनेटमा गोल गर्नु भयो । यसैगरी अर्को खेलमा युनाइटेडका आदित्य लम्सालले गोल गर्दै टोलीलाई जित दिलाउनु भयो । आदित्यले खेलको ५०औं मिनेटमा गोल गर्नु भएको थियो ।

ग्रासरुटबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । प्रतियोगितालाई यु–१४ जिल्ला स्तरीय छनोट प्रतियोगिताको रुपमा पनि लिइएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले लुम्बिनी प्रदेश स्तरीय यु–१४ प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *