Sunday, December 7सत्यम खबर
Shadow

१३ जना महिलासहित ९४ जनाले गरे रक्तदान

नेपालगन्ज, २० कार्तिक – बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १६ औंं पटक आयोजित “रक्तदान जीवन दान” भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रममा १३ जना महिला र ८१ जना पुरुष गरी ९४ जनाले रक्तदान गरेका छन् ।

ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिको सहयोग तथा समन्वयकर्तामा, ठाकुरबाबा नगरपालिका वार्ड नं.२ रानीपुर कर्भड हलमा आयोजित १६ औंं पटक आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, सुरक्षकर्मी, स्वयंसेवी रक्तदाता लगायत रक्तदान गरेका हुन ।

ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका उपनगर प्रमुख बीनाकुमारी भट्टराईले नेपाल रेडक्रस सोसाइटी, कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन पाकेट हस्तान्तरण गर्नु भएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा उपप्रमुख बीनाकुमारी भट्टराईले ११ औं पटक रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालले ८ आठौं पटक रक्तदान गर्नु भएको छ, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिक ३८ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल ३० पटक, ठाकुरबाबा नगरपालिका वार्ड नं.१ वडाध्यक्ष निमराज खनाल, वडा नं.६ का वडाध्यक्ष जय प्रकाश पौडेलले रक्तदान गर्नु भएको छ ।

यसरी सो रक्तदान कार्यक्रममा गोपाल निरौला, देवीलाल लम्साल, लोकेन्द्रबहादुर साउद, चन्द्रमणि चौधरी, अजय दहित, बिष्णुप्रसाद न्यौपाने, लक्ष्मीप्रसाद रेग्मी, यशराज श्रेष्ठ, इन्द्रबहादुर बिक, प्रेमराज ढुंगाना, माया खडका, प्रकाश राजबंशी, गंगा बुढामगर, सरिता उपाध्याय, प्रमित नेपाल, मोहन सुनार, बिरेन्द्र खडका, लोचन नेपाल, टंकेश्वर भण्डारी, गाण्ेशप्रसाद आचार्य, चक्रप्रसाद तिमिल्सेना, लक्ष्मी ढकाल, रीनाशाही, समीर चन्द, महेश रावल, लक्ष्मीशर्मा, समीर योगी, जिबहादुर,चन्द्रप्रसाद काफ्ले, चल्टुराम थारु, अकिंत ढकाल, जनक पौडेल, शान्ति रावल, रोशन कडेल, चन्द्रबहादुर, महेश बम, बिरेन्द्रबहादुर शाही, सजन थारु, रामेश चौधरी, जानकी पाण्डे, चन्द्रबहादुर बिष्ट, बिकास बिष्ट, समीर पोखरेल, नवराज रिजाल, रबि साह, भरत रोकाया, लोकबहादुर बुढाथोकी, रबिनकुमार बैद्य, राजु थारु, हरिप्रसाद गौली, रमेश रत्गैंया, रमेश बुढा, पदमप्रसाद उपाध्याय, घनश्याम लम्साल, बबिता न्यौपाने, रोशन भारती, दानबहादुर बोहरा, अर्जुनकुमार थारु, लक्ष्मण चौधरी, हिमाल रावत, फुलराम थारु, आकाश शाही, लिलाराम खनाल, हिरालाल थारु, दिनेश कडेल, प्रेम कठायत, तिलकप्रसाद गड्तोला, सन्ध्या चौधरी, राजेशकुमार बजगाई, जगदीश शाही, खगेन्द्रबहादुर शाही, भौैना थारु, तारा बयक, रामेशप्रसाद तिमिल्सेना, राजकुमार कडेल, सुनिल थारु, खेमनाथ योगी, कालीबहादुर बिष्ट, सुनिलकुमार थारु, कृष्णा भण्डारी शाही, सुरज थारु, सागरबहादुर खत्री, सन्तोष शाही, लक्ष्मीकान्त न्यौपाने, हरेन्द्र शर्मा, हुम्लाका कविराज जैसी, भिमप्रसाद ढकाल लगायत ९४ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरा, सुनिल रत्गैया, निर्मला चौधरी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, कविराज जैसी, ओमप्रकाश गोडिया, बीरेन्द्र योगी, नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख” उपशाखा सानोश्रीका रामकुमार वर्माले प्राविधिकमा सहयोगमा अन्यमा अनुष्का पन्थी, साधना थारु, लक्ष्मी थारुले सहगोग गरेका थिए ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, सम्पन्न कार्यक्रमको सहजीकरण ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्रप्रसाद सुवेदीले गर्नु भएको थियो भने कार्यक्रमलाई सफल बनाउनमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा बर्दियाका जिल्ला अध्यक्ष प्रेमप्रसाद लम्सालको ठूलो योगदान रहेको छ । उहाँले बर्दिया जिल्लामा सबै भन्दा रक्तदान गर्ने ब्यक्तित्व हुनुहुन्छ । ७५ औं पटक रक्तदान गरी सक्नु भएको छ । बाँकेका शतक रक्तदाता १०५ औं पटक रक्तदान गरेका ब्यक्ति पवन जायसवाल, ठाकुरबाबा रेडक्रस सोसाइटी उपशाखा सभापति यज्ञप्रसाद नेपाल, पश्चिम नेपालका चर्चित कलाकार खगेन्द्र नेपालको सहभागिता रहेको थियो ।

यसरी रक्तदान कार्यक्रममा सहयोगी संघ संस्थाहरुमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकास प्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, ठाकुरबाबा सञ्जाल, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँको सहकार्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *