सञ्चारकर्मी जयसवालले गरे १०६ पटक रक्तदान
नेपालगन्ज, १२ मंसिर – बाँकेका शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवालले आज शुक्रवार (२८ नवम्बर २०२५) को १०६ पटक रक्तदान गरेका छन् ।
बाँके र बर्दिया जिल्लामा अहिलेको रनिङ्गको समयमा पहिला रक्तदाताको रुपमा रहेका छन् । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँ निवासी शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवाल मधेशी समुदायका हुन । उहाँ नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिको सल्लाहकार, हिमालिनी अनालाईन, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नयाँ नेपाल अवधी पृष्ठ लगायतमा आवद्ध रहेका छन् ।
उहाँले आज शुक्रवारको १०६ वीं बार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा १०६ पटक रक्तदान गरेको फाराम नं. ३५०७ रहेको छ । रक्तदानमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका महेश रानाक्षेत्रीले ...









