Friday, December 19सत्यम खबर
Shadow

बि.एन. कम्यूनीटि ईयर सर्भिसको अर्को झूठको भण्डाफोर

नेपालगन्ज, २ मंसिर – केही दिन अगाडी मात्र भारतीय सीमा क्षेत्र रुपैडियाबाट विदेशी नागरिक प्रवेश गरेको आरोपमा दुई जना नागरिकलाई पक्राउ गरिएको थियो । उक्त पक्राउ गरिएको नागरिकमा एक जना ब्रिटिश महिला र एक जना पाकिस्तानी नागरिक रहेको सीमा सुरक्षा बल एसएसबीले जनाएको थियो ।

जसमा ब्रिटिश महिला नागरिकलाई नेपालगन्जमा रहेको बि.एन. कम्यूनीटि ईयर सर्भिस नामक अस्पतालले बोलाएको तथा उनलाई नेपालगन्जमा वरिष्ठ डा. आशिम किदवाईको गाडी नं. ७४०० बागमती प्रदेश ०१०३८ प. नम्बरको गाडी प्रयोग गरी रुपैडिहासम्म पु¥याईएको प्रमाण भेटिएको थियो ।

यसै सम्बन्धी बुझ्दै जाँदा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेतनारायण चौधरीका अनुसार केही समय अगाडी मेडिकल क्याम्प लगाउनलाई हामीबाट करोड बढीको सामान बि.एन. कम्यूनीटि ईयर सर्भिसले लागेका थिए । जुन जिल्ला प्रशासन क ार्यालय बाँकेको सहकार्यमा सम्झौता गरी फिर्ता गर्ने सर्तमा दिईएको थियौं । तर हालसम्म सामान फिर्ता नआएपछि मुद्दा लड्न बाध्य भएको गुनासो गर्नु भयो ।

यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताको भनाई पनि मिल्दो रहेको पाईन्छ । उहाँले हामीलाई यसबारे केही जानकारी नै नभएको बताउनुभयो । आम जनमानसले बुझ्न जरुरी देखिन्छ यो बि.एन. कम्यूनीटि ईयर सर्भिस फ्राड कार्य गरिरहेको देखिन्छ ।
जसले तामझाम देखाएर बिदेशी नागरिक ६१ वर्षीया सुमित्रा शकील ओलिसिया र पाकिस्तानी नागरिक ३५ वर्षीय हस्सन अम्मान सलीम जस्तो शिविरको नाममा बोलाउने र गलत क्रियाकलाप गर्न लगाउने जस्तो गतिविधि प्रष्ट देख्न सकिन्छ ।

एसएसबीले दिईएको जानकारी अनुसार पक्राउ गरिएका विदेशी ब्रिटिश नागरिक सुमित्राको स्थायी निवास उडुपी कर्नाटक, भारत रहेको तथा भारतीय प्रहरीले सुमित्रा ब्रिटिश पासपोर्ट रहेको र उनी ओसिआई कार्डधारी रहेको बताईएको छ । यस्तै हस्सन पाकिस्तानी रहेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । हाल उनी १ ए, डाल्मोर्टन रोड, म्यान्चेस्टर, बेलायतमा बस्दै आएको खुलेको छ ।

बि.एन. कम्यूनीटि ईयर सर्भिसमा सम्पर्क गर्दा कोही नभएको तथा फोनमार्फत सञ्चालक समितिका सदस्य तथा अस्पतालका मैनेजर रामबहादुर बोहरालाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *