Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

विमानस्थलभित्र सरसफाई

विमानस्थलभित्र सरसफाई

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ कार्तिक – नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरिएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको छ । मंगलबार बिहान नेपालगन्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको थियो । हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा ९ एनएएचबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलको हुललाई किचेको थियो । दुर्घटनामा ३ वटा बँदेल मरेपनि बिमानभित्रका यात्रुलाई भने केही भएको थिएन । यस अघि बुद्ध एयर र एति एयरको जहाजमा बँदेल ठोक्किएको थियो । यसरी हाप्तै पिच्छे बिमानमा बँदेल ठोक्किन थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार धवनमार्ग वरिपरि रहेका झाडी सफाई गरिएको छ ।जिप्रका बाँकेका प्रमुख प्रहरी उपरिक्षक श्यामकृण्ण अधिकारीको कमाण्डमा ३० जना प्रहरी, शसस्त्र प...
काठ मिडियाले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने

काठ मिडियाले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ कार्तिक – काठ मिडिया प्रा.लिले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने भएको छ ।उक्त मिडियाले दिएको जानकारी अनुसार यही कात्र्तिक १८ गते लक्ष्मी पुजाको दिन ललितपुर जिल्लाको ईमाडोलस्थित भद्रकाली पेट्रोल पम्पसँगै अपरान्ह एक बजेदेखि साँझ ५ः३० बजेसम्म बहुचर्चित कलाकारहरुको साथमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।कार्यक्रममा बरिष्ठ हाँस्यकलाकार तथा समाजसेवी किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) सहितकाचर्चित कलाकारहरुको साथमा ‘झिलिमिली तिहार, संगीत र सरफाई सँगसँगै’ भन्ने मुुल नाराका साथ सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था काठ मिडियाले जानकारी दिएको छ । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) सहित द जेन्टलम्यान व्याण्ड, टिका प्रसाई, नरेश बुढाथोकी सहितका गायक, कलाकारहरुले आफ्नो प्रस...
चिनियाँ कम्पनीले आयोजना पुरा हुन ढिलाई

चिनियाँ कम्पनीले आयोजना पुरा हुन ढिलाई

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
सिन्धुपाल्चोक, १६ कार्तिक – चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ ।आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।जुरे पहिरो, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोसी नदीमा पटक पटक आएको बाढी र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो । यस्तै, ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । फोटो गुगल आयो...
राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कपिलवस्तु १६ कार्तिक – स्थानीय राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले विद्यालय र मेरो मानमर्दन गर्न आर्थिक लेनदेनको निरधार, झुठो अफवाह फैलाएको प्रअ मुनिजर हसन बताएका छन ।जिल्लाको विजयनगर गाउ“पालिकामा केही दिन देखि वडा ३ मा रहेको भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदको भर्ना गर्न आर्थिक चलखेलको समाचार विभिन्न संचारमाध्यममा आईरहँदा प्रधानाध्यापक मुनिजर हसनले सोमबार पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारको रकम माग नगरेको बताएका छन् । उनले म दोषी भएको प्रमाणित भयो भने कानुनमा रहेको सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद यादवले लडाई चौधरी आफ्नो छोराका लागि निरन्तर म लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिंदै आएको बताउनुभयो । उनी जसरी पनि गरिदिनुस भनेका ...
कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौं, १२ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नु भएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनु भएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नु भएको छ ।अनुगमनका क्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिंदै मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर ...
जापानले बनायो उड्ने बाइक, ८ करोड १७ लाखमा पाईने

जापानले बनायो उड्ने बाइक, ८ करोड १७ लाखमा पाईने

आर्थिक, विदेश, श्रम/रोजगार, समाचार
टोकियो, १० कार्तिक – जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ । उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ । टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ । यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ । जापानका व्यस्त सडकहरूमा उड्ने बाइक चलाउन सरकारले अनुमति दिएको छैन । अहिले उक्त बाइकको प्रयोग उद्धार कार्य र दुर्गम ठाउँमा जानलाई हुनेछ । (एजेन्सी)...
नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ कार्तिक - नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत गर्नुभयो । भूमी व्यवस्था विभागबाट सुवेदीको नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको हो । सुवेदीले यसअघि पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी वहन गरिसक्नु भएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपालगन्जको आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।...
नपाईने भो सरकारी खर्चमा भोज भतेर

नपाईने भो सरकारी खर्चमा भोज भतेर

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ कार्तिक –चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । फाईल फोटो अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई कार्यक्रम खर्चमा राखि सञ्चालन गर्न नपाइने र कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ता जस्ता खर्चमा समेत लेख्न नपाइने गरी अर्थले मापदण्ड तोकेको छ ।...
योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन

योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक - नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले चालु आर्थिकवर्ष २०७८/७९ का योजनाको काम छिटोभन्दा छिटो पुरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ । आईतबार उपमहानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटोभन्दा छिटो गुणस्तरयुक्त रुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिनुभयो । नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारवाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिनुभयो । राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगति बारे जानकारी लिदै अधुरा आयोजनाहरु पनि छिटोभन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गर्नुभयो । आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव...
सरकारद्वारा राहत उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न ढिलाई नहोस् भनी ज्ञापनपत्र

सरकारद्वारा राहत उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न ढिलाई नहोस् भनी ज्ञापनपत्र

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक – गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म भएको अबिरल वर्षाका कारण बाँके जिल्ला लगायत देशभर जनधनको क्षति भएको हुँदा सरकारद्वारा गरिएको राहत निर्णयको बाँकेका अगुवाहरुले स्वागत गरेका छन् ।अधिवक्ता, पीडित कृषक, अगुवा कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाउँदै सरकारले राहत वितरण गर्ने निर्णयको स्वागत गरेका छन् ।उक्त समूहले ज्ञापन पत्रमा ‘उपरोक्त सम्बन्धमा गत असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका कारण बाँके जिल्ला लगायत नेपाल भरी नै ब्यापक जन धनको क्षति भएको छ । बाँके जिल्लामा कुनै मानवीय क्षति नभए पनि मुख्य बाली धान खेतबाट भित्रयाउनै लाग्दा खेत मै नष्ट भएको छ । उत्पादन भएको सम्पूर्ण धान बाली खेत मै उम्रिसकेको सडी गली नष्ट भैसकेको अवस्थामा बाँके जिल्ला बासीमा हात मुख जोर्ने बेलामा भएको प्राकृतिक बिपत्तीका कारण साद्यान्न संकट उत्पन्न हुने अवस्थाको...