Wednesday, April 22सत्यम खबर
Shadow

योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन

नेपालगन्ज, ७ कार्तिक – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले चालु आर्थिकवर्ष २०७८/७९ का योजनाको काम छिटोभन्दा छिटो पुरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आईतबार उपमहानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटोभन्दा छिटो गुणस्तरयुक्त रुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिनुभयो ।

नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारवाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिनुभयो ।

राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगति बारे जानकारी लिदै अधुरा आयोजनाहरु पनि छिटोभन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गर्नुभयो । आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटोभन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाले आग्रह गर्नुभयो ।

सो अवसरमा नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सञ्चालन भईरहेको भन्दै निर्माण कार्यमा कुनै पनि खालको समस्या हुन नदिने गरी काम समय भित्रै हुने वातावरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *