Tuesday, April 21सत्यम खबर
Shadow

राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

कपिलवस्तु १६ कार्तिक – स्थानीय राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले विद्यालय र मेरो मानमर्दन गर्न आर्थिक लेनदेनको निरधार, झुठो अफवाह फैलाएको प्रअ मुनिजर हसन बताएका छन ।
जिल्लाको विजयनगर गाउ“पालिकामा केही दिन देखि वडा ३ मा रहेको भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदको भर्ना गर्न आर्थिक चलखेलको समाचार विभिन्न संचारमाध्यममा आईरहँदा प्रधानाध्यापक मुनिजर हसनले सोमबार पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारको रकम माग नगरेको बताएका छन् । उनले म दोषी भएको प्रमाणित भयो भने कानुनमा रहेको सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद यादवले लडाई चौधरी आफ्नो छोराका लागि निरन्तर म लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिंदै आएको बताउनुभयो । उनी जसरी पनि गरिदिनुस भनेका थिए । राजनितिक षड्यन्त्रमा फसेर प्रअ हसन र विद्यालय व्यवस्थापन समिति माथि समेत आरोप लगाएकाले हामी सबैको मानमर्दन भएकोले विजयनगर गाउँपालिका लगायत सम्बन्धित निकायलाई यथाशीघ्र उचित कार्यवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
विद्यालयले भदौं २० ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको थियो त्यसमा लडाइ चौधरी को छोरा विवेक चौधरी लगायत कुल ४ जना फार्म भरेका थिए । तर विवेक चौधरि परीक्षा दिन नपुगेको र सोहि दिन लडाई चौधरीले फोन गरि पैसा मागेका थिए । चौधरीले विद्यालय प्रंगणमा गालीगलौज गरेको विव्यास सदस्य गल्लु खानले जानकारी गराए । उनी भन्छन् लडाई चौधरी छोरालाई भर्ना गराउन प्रअ हसनलाई पटक–पटक सम्पर्क गरेको तर विफलता हात आयो त्यसपछि झुठो आरोप फैलाएका हुन् ।
सो पदका लागि लिईएको परिक्षामा कुनै विद्यार्थी पास भएन, त्यसपछि विद्यालयले १५ दिने अर्काे विज्ञापन गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *