Tuesday, April 21सत्यम खबर
Shadow

कर्मचारीभन्दा माथी उठेर काम गर्न कर्मचारीहरुलाई मन्त्री अथकको निर्देशन

काठमाण्डौं, १२ कार्तिक – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नु भएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनु भएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नु भएको छ ।
अनुगमनका क्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो ।


निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिंदै मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस ।”
पछिल्लो समय ठुलो मात्रामा युवाहरु बिदेशिने गरेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवाहरुलाई स्वदेश मै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोच्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “युवालाई स्वदेश मै केही गर्ने सपना देखाउनुहोस” मन्त्री अथकले भन्नुभयो, “स्वदेश मै विभिन्न क्षेत्रमा सफल कर्मशिल युवाहरुबाट उप्रेरीत हुने गरी अन्य युवाहरुलाई समेत स्वदेशमै रोक्नेखालका योजनाहरु अगाडी बढाउनुहोस ।”


साधन स्रोतका कारण कुनै पनि योजना सञ्चालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथी उठेर देशभरका युवाहरुलाई सपना देखाउने ब्यक्तिका रुपमा आफुलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।
अहिले कै अवस्थामा युवाहरु बिदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतारा बढ्दै गएको भन्दै मन्त्री अथकले चिन्ता ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमलप्रसाद पोखरेल र सहसचिव विष्णुराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विभिद कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नितिगत कुराहरुलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताउनुभयो ।
कार्यक्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गर्नुभएको थियो । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *