Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी

चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ कार्तिक – उदाहरण एक : नेपाल र चीनबीच रसुवागढी(केरुङ रेलमार्ग डीपीआरका लागि सम्झौता भएको तीन वर्ष वितिसकेको छ । ५ देखि ७ वर्षमा रेलमार्ग बनाएर सञ्चालनको घोषणा भएका बेला अहिलेसम्म डीपीआरसम्म बन्न सकेको छैन । चीनको यो परियोजना प्रारम्भिक अध्ययनमै अल्झिएको छ । कागजमा भने रसुवागढीमात्र होइन काठमाडौंसम्मै रेल आइसकेको छ । व्यवहारमा भने जहाँको त्यहीँ छ, हल्लामात्रै धेरै छ । उता भारतले रेलवे ट्रयाक निर्माण गरिसकेको छ, तर चीनले रेलमार्ग बनाउने त परको कुरा डीपीआर पनि गरेको छैन । उदाहरण दुई : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा २०७४ सालमै सकिनुपर्ने हो । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले यो आयोजनाको निर्माण जिम्मा अर्थात ठेक्का लिएको छ । तर ४ वर्ष ढिलो भइसक्दा पनि अझै सञ्चालन हुने सुरसार छैन । जहिल्यै केही न केही बहाना देखाएर लागत बढाउने र आर्थिक लाभ लिने काममात्रै...
सांग्रिलाको वार्षिक उत्सवमा साता व्यापी कार्यक्रम

सांग्रिलाको वार्षिक उत्सवमा साता व्यापी कार्यक्रम

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक - सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको अवसरमा शनिवार बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा. शाफिया समिम शेष, डा. स्वयता साह, जनरल फिजिसियन डा. शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी दिनुभयो । वार्षिक उत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले ८ गते राजापुरमा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी गराउनुभयो । यस्तै १० गते नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनुभयो । बार्षिक उत्...
पुर्वमन्त्री राईद्वारा बंगलादेशमा हिन्दुहरूमाथि भएकाे घटनाकाे बिराेध

पुर्वमन्त्री राईद्वारा बंगलादेशमा हिन्दुहरूमाथि भएकाे घटनाकाे बिराेध

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ कार्तिक - पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि गरिएकाे हत्या, हिंसा, मन्दिर ताेडफाेडकाे बिराेध गरेकाे छन् । शनिबार नेपालगन्जमा आयोजित पदभार ग्रहण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका पुर्वमन्त्री राईले मुस्लिमहरुका लागि सबैभन्दा सुरक्षित देश बिश्वभरमा नेपाल रहेको बताउनु भयाे । उहाँले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरु माथि भएको घटनाको निन्दा गर्दै बंगलादेश सरकारले तिनकाे सुरक्षा गर्नुपर्ने बताउनुभयाे । उहाँले शक्तिशाली व्यक्ति हो भन्दैमा कमजोर व्यक्ति माथि आक्रमण गर्नु वा विभिन्न बहनामा पिडा दिनु इस्लाम बिरोधी कार्य भएकोले सबै मुस्लिमहरुलाई एकताबद्ध भएर यसकाे बिराेध गर्ने आग्रह गर्नु भएको थियो । नेपालगन्ज मुस्लिम समाजले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेको भन्दै नेपालगन्जका दर्जनाैं व्यक्तिहरूलाई सम्मान गरेकाे...
‘चिनियाँ कम्पनीहरुले गर्दा धेरै आयोजनाहरु अलपत्र’– पूर्वमन्त्री हमाल

‘चिनियाँ कम्पनीहरुले गर्दा धेरै आयोजनाहरु अलपत्र’– पूर्वमन्त्री हमाल

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ कार्तिक – भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मे.वा. जलबिद्युत उत्पादन गर्ने लक्ष्य राखी सञ्चालन गरिएको आयोजना ढिलाई हुनुको कारण के होला हाल चर्चाको विषय बनिरहेको छ ।हाल भएको ढिलाईका कारण तथा आयोजनामा समान सहभागिता नहुनु आफ्नै सरकारको कमी भएको पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले बताएका छन् । पूर्वमन्त्री हमालका अनुसार चिनिया कम्पनीहरुले देशको धेरै जसो ठूलो आयोजनाहरुको जिम्मा पाएका छन् तर सम्झौता गर्दा समानताको कुरा आउँछ । हाम्रो देशमा खनिज पदार्थको कमी छैन, भित्रि रुपमा गरिने कार्यहरुमा देशका विज्ञहरुको सहभागिता हुनु जरुरी देखिन्छ । यति त्यसो नगरिएको अवस्था छ भने देशको अर्बौ सम्पत्ति अरुको हात लाग्ने हुन्छ । फाईल फोटो उक्त भनाई हाल भेरी–बबई आयोजना ब...
पुन: डक्टप्रसाद धितालकाे नेतृत्वमा प्रेस सेन्टर बाँके

पुन: डक्टप्रसाद धितालकाे नेतृत्वमा प्रेस सेन्टर बाँके

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ५ कार्तिक - प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा पुन: डक्टप्रसाद धिताललाई चयन गरिएको छ । नेपालगन्जमा शुक्रबार सम्पन्न चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा राजेश आचार्य र आलम खान, सचिवमा संगीन शर्मा, सहसचिवमा केपी घिमिरे र कोषाध्यक्षमा चन्द्रबहादुर बोहोरालाई चयन गरिएकाे छ । यसैगरी कार्यसमिति सदस्यमा  पहल केसी, कविन्द्र परियार, निरज सिंह, सुदिप लामिछाने, विवेक रेग्मी, सुशिला शर्मा, विपिन खड्का, अशरद रङरेज, शुभाखर बिक, बसन्ती परियार, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा रहेका छन् । सेन्टरको अधिवेशनमा पत्रकार सिराज खानलाई विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । अधिवेशनमा वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, भिम रावत, सुशिल शर्मा, प्रदिप वाग्ले, शिव सुनार, कविन्द्र परियार लगायत पनि सम्मानित तथा पुरस्कृत भएक...
जानकी गापाकाे ११ औं गाउँसभा सम्पन्न

जानकी गापाकाे ११ औं गाउँसभा सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सकिल अहमद राईजानकी, ४ कार्तिक - बाँकेको जानकी गाउँपालिकाको ११ औं विशेष गाउँ सभा आज विहिबार नव निर्मित सभा हलमा सम्पन्न भएको छ । स्वास्थ, शिक्षा, कृषि र पूर्वाधार जानकीको विकाशको मूल आधार भन्ने नाराका साथ गाउँपालिकाको कार्यालय खजुरा खुद्रमा आज सम्पन्न सभाबाट विभिन्न ५ वटा महत्वपुर्ण निर्णयहरु गरिएको छ । जसअन्तर्गत गाउँपालिकाले शिक्षा ऐन २०७७ पहिलो संशोधन पारित, स्वास्थ तथा सरसफाई ऐन २०७८, रोजगार शाखाको कार्यक्रम लगायत पारित गरेको छ । त्यसैगरी, गाउँपालिका स्तरिय तथा वडा स्तरिय बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७८र७९ को बजेट तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ । कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतिन अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि आजको विशेष सभामा छलफल भई पारित ग...
मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने: व्यवस्थापन पक्ष

मेडिकल कलेजका कर्मचारीको माग पुरा नहुने: व्यवस्थापन पक्ष

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ कार्तिक - नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन पक्षले कर्मचारीले तलबभत्ता वृद्धिसहितको माग तत्काल सम्वोधन गर्न नसकिने बताएका छन् । नेपालगन्ज मेडिकल कलेजकाे व्यवस्थापन पक्षले विहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी काेभिड-१९ काेराेना कालमा आर्थिक संकटले गुज्रेको अवस्थामा अस्पताललाई थप आर्थिक व्ययभार थुपार्ने गरी कुनै पनि माग पूरा गर्न नसकिने जनाएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोना महामारी तथा कलेजमा विद्यार्थी संख्या कटौती भएका कारण विगत दुई वर्षदेखि निरन्तर रूपमा अस्पताल घाटामा चलिरहेकाेले आर्थिक व्ययभार थप्ने गरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने बताएका छन् । कोभिड-१९ का कारण मेडिकल कलेजमा ०७६/७७ मा एकजना पनि विद्यार्थी भर्ना भएनन् । ०७७/०७८ मा झन विद्यार्थी भर्नाको टुंगो नै लागेकाे छैन् । जसले गर्दा ...
चुनरी रे चुनरी म्युजिक भिडियोको छायाङ्कन सम्पन्न

चुनरी रे चुनरी म्युजिक भिडियोको छायाङ्कन सम्पन्न

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ कार्तिक - चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु जगतका चर्चित गायक उमेश मुस्कान र चर्चित गायीका अनु चौधरीको स्वरमा रहेको चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । गितमा चर्चित मोडल कृष्णराज अधिकारी र चर्चित मोडेल दुर्गाराना मगरको मुख्य भुमिका रहेको छ । मोडल कृष्णराज अधिकारीले ४ वटा फिल्ममा मुख्य भुमिका निभाईसक्नु भएको छ भने करिव ६० वटा म्युजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएको छ । यस्तै मोडेल दुर्गा रानामगर भने २ वटा चर्चित चर्चित म्युजिक भिडियोमा मुख्य भुमिका निभाई सक्नुभएको डान्स डाइरेक्टर सुबेदीले बताउनुभयो । गितको छायाङ्कन बाँकेको रमणिय स्थान गाभर भ्याली र कोहलपुर नगरपालिका भित्र भएको डान्स डाइरेक्टर नवराज सुबेदीले जानकारी गराउनुभयो । गितको प्रोडुसर उदयलाल रानामगरको रहेको ...
‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिए’ : गायक परियार

‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिए’ : गायक परियार

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरका थारु गायक विश्वसागर परियारलाई थारु गीत गायनबाट चर्चा कमाउन सफल भएका छन् ।बाँकेको विकट क्षेत्र सुगम जिल्लाको दुर्गम बस्तिमा जन्मेका चर्चित थारु गायक परियारले थारु गायनलाई आफुले चर्चामा ल्याएको दावी गर्नुहुन्छ । पछिल्लो समय जताततै विश्वसागर कै गीत गुन्जनुले आफुलाई थारु संस्कृतिलाई जगेर्ना गर्ने झन हौसला थपेको बताउनुहुन्छ ।थारु गीत संगितबाटै यस क्षेत्रमा हजारौ दर्शकको मन जित्न सफल भएको पाउँदा आफुलाई खुसी भएको महसुस हुनेगरेको गायक परियारले बताउनुभयो । थारु गाउँमा जन्मेहुर्केका गायक परियार थारु गीतलाई निरन्तरता दिने र थारु कला संस्कृतिलाई बचाउने हरसम्भव प्रयत्नरत रहने बताउनुहुन्छ । पछिल्लो समय थारु गितमा थारु भाषाको अपमान हुँदैछ उहाँले भन्नुभयो, थारु गितमा पनि अचेल अन्य भाषा शब्दहरु मिसाएका हुन्छन यसमा मेरो सहमत नरह...
बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

CoVid19, आस्था, विदेश, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
टोरन्टो, ४ कार्तिक – चीनविरुद्ध मानव अधिकार उल्लघंनको विषय चर्को विरोध भइरहेको समयमा वैज्ञानिकहरु र चिकित्सा विज्ञहरुले बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारेमा चिन्ता व्यक्त गरेका छन् । टोरन्टोस्थित एक थिंक ट्या्कले चिनियाँ संस्थाहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुबाट बहिष्कार गर्नुपर्ने प्रस्तावसमेत उनीहरुले गरेका छन् । जबरजस्ती मानव शरीरका अंगहरु काटेर जिन हार्भेस्ट गर्ने काम मानवअधिकार उल्लंघनको चरम बिन्दु भएको उल्लेख गर्दै बहिष्कार गर्न आग्रह गरेका हुन् । (जानकी पोष्ट)...