Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

प्रेस काउन्सिल नेपाललाई बलियो बनाउन सरोकारवालाको सुझाव

प्रेस काउन्सिल नेपाललाई बलियो बनाउन सरोकारवालाको सुझाव

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ मंसिर – अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूले राखेका छन् । छापा, रेडियो, टिभी हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय उनीहरूको छ । ‘काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव छ भने त्यो राज्यले हेर्ने विषय भयो । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नैपर्छ,’ अनलाइनमा पत्रकार आचारसंहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा सेतोपाटी डट कमका प्रधानसम्पादक अमित ढकालले भन्नुभयो । ढकालले दर्ता नभई चलेका अनलाइनमाथि कडा निगरानी गरिनुपर्ने र दर्ता भएर आचारसंहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राख्नुभयो । ‘राज्यक...

मर्ने बाँच्ने दोसाँधमा,आमा बाबु !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ । यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन । निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु ...
१२ लाख ५२ हजार पाएका सेवाग्राही जीवेश दाहाल भन्छन् “यो पैसा बाख्रा पालन विस्तारमा लगाउँछु”

१२ लाख ५२ हजार पाएका सेवाग्राही जीवेश दाहाल भन्छन् “यो पैसा बाख्रा पालन विस्तारमा लगाउँछु”

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ, २ मंसिर – विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट हुनुभएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गर्नुभएको हो ।दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाउनु भएको थियो । बम्पर पुरस्कारमा उहाँले पठाएको रकमको आठ गुणा बढी प्राप्त गर्नुभएको छ । वम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताउनुभयो । उहाँका घरपरिवारले दोलखामा बाख्र...
‘शारदा/ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

‘शारदा/ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ मंसिर – एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा/ढुण्डीराज– नाफिजआर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने छन् । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रो...
प्रहरीको सेटिङमा अवैध उत्खनन्

प्रहरीको सेटिङमा अवैध उत्खनन्

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, १ मंसिर – राप्ती सोनारी गाउँपालिका क्षेत्रमा खोलानाला नखुल्दै अवैध उत्खनन् भइरहेको छ । प्रहरी कै सेटिङमा दैनिक जसो स्थानीय खोलानाला र राप्ती नदीबाट ढुङ्गा गिट्टी बालुवा उत्खनन भइरहेको हो ।स्थानीय बासिन्दाहरुको जनगुनासो अनुसार कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी नै सेटिङमा भएपछि अवैध उत्खन्न झनै बढेको हो । प्रहरी चौकी फत्तेपुर, प्रहरी चौकी कचनापुर, प्रहरी चौकी ढकेरी हेर्ने क्षेत्रमा खुल्लेयाम दैनिक निकासी भइरहँदा पनि प्रहरी मुख दर्शक बनेको छ । इलाका प्रहरी कार्यालय धामपुरबाट खटिने बर्दीधारी प्रहरी र शिविल प्रहरी खोलामा नै हुने तर अवैध निकासी नरोकिने जनगुनासो छ । राप्ती नदीको वडा न. ३ खैरहनी, साइपुर, गल्रावाज नाका, वडा न. ४ को लालपुर नाका र वडा न. ५ को ललही, विनौना र आलिनगर नाकाबाट दैनिक जसो ट्याक्टर, टिपरबाट अवैध निकासी भइरहेको स्थानीय रामबहादुर थारुको भनाई छ ।माथी उल्...
त्रिपाठीलगायतलाई अवध अन्टाद्वारा सम्मानित

त्रिपाठीलगायतलाई अवध अन्टाद्वारा सम्मानित

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – कोभिड–१९ कोरोना भाईरसको भयावाह अवस्थामा सक्रिय भई आम सर्वसाधारणहरुको सेवामा खटिएको हुँदा मधेश मिडिया मिशन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठलाई सम्मान गरिएको छ । कपिलवस्तुको तौलिहवामा आयोजित ‘अवध अन्टा तथा केएमसि सबमिट ओन कोभिड इमपेक्ट’ कार्यक्रम बीच अध्यक्ष त्रिपाठीलाई सम्मान गरिएको हो । यसैगरी, मधेश मिडिया मिशनका सन्ध्या शर्मा, चन्दा सिंह, सन्तोषी सिंह, सकिल अहमद राई, देवी दयाल मिश्रालाई सम्मानित गरिनुका साथै पञ्चशिल लायन्स क्लबका कृष्णादेवी पाण्डेयलाई समेत सम्मानित गरिएको थियो । यसैगरी, अवधी भाषी वरिष्ठ पत्रकार विजय बर्मालाई समेत सम्मानित गरिएको थियो ।कार्यक्रमको अध्यक्षता ग्रहण गरेका अवध अन्टाका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मिश्राद्वारा प्रमाण–पत्र प्रदान गरि सम्मानित गरिएको थियो ।...
जनगणना २०७८ मा सहभागी हुन नेपालीहरु भारी संख्यामा फर्किंदै

जनगणना २०७८ मा सहभागी हुन नेपालीहरु भारी संख्यामा फर्किंदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ मा सहभागी हुन भारततर्फ रोजगारीका लागि विभिन्न कार्यमा गएका नेपालीहरु भारी संख्यामा स्वदेश फिर्ता हुन लागेका छन् ।तथ्यांक विभागले कोही नछुटौ, कोही नदोहोरियौं, बसोबास गरेकै ठाउँबाट आफ्नो विवरण लेखौं, यो कार्य सम्पन्न गर्न गणकहरुलाई देशभर नै खटाएको छ । राष्ट्रिय जनगणनाको प्रचारप्रसार व्यापक रुपमा गरिएकोले सबै आ–आफ्नो विवरण उल्लेख गराउन आ–आफ्नो घर फर्किरहेका छन् । यसमा २०६३ सालमा फर्जी रुपले नेपाली नागरिकता प्राप्त गर्न सफल भएकाहरु बढी सक्रिय रहेको देखिन्छन् । ‘जनगणनामा आफ्नो विवरण लेखाउन छुटेमा नागरिकता नै रद्द हुने’ उनीहरुको बुझाई रहेकोले विभिन्न भारतीय क्षेत्र रुपईडिहा, मिहिपुर्वा, चर्दा, गंगापुर लगायतमा बसेकाहरु अब विवरण उल्लेख गराउन बढी संख्यामा आएको देखिन्छन् ।यसबाट गणकहरुलाई अब विवरण भर...
नेपालगन्जमा इन्टरनेशनल एकाउन्टिङ्ग डे मनाइयो

नेपालगन्जमा इन्टरनेशनल एकाउन्टिङ्ग डे मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जले अन्तर्राष्ट्रिय लेखा दिवस (इन्टरनेशनल एकाउन्टिङ्ग डे) मनाएको छ ।नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगन्जमा प्रभात फेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।संस्थाका निवर्तमान पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखा परीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारीहरुको उपस्थितिमा आयोजित प्रभात फेरी गणेशमान चोकबाट शुरु भई बी.पी. चोक हुँदै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जमा पुगेर समापन गरिएको थियो । समापन समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा समन्वय समिति संयोजक सिए. विश्वराम भण्डारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ बाँके च्यापटरका संयोजक सिए. तेज प्रकाश दीक्षित, अडिटर्स एसोसिएसन अफ नेपाल...
चिनबाट नेपालमाथि एक्सन

चिनबाट नेपालमाथि एक्सन

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ कार्तिक – बनेपाली भूमि मिचेको तथ्य बाहिरिएपछि चीनले उल्टै नेपालमाथि एक्सन लिएको छ । चीनको कदमले नेपाली राजनीति तरंगित बनेको छ । चीनको दादागिरीपछि अब देउवा सरकारले के गर्छ भन्नेतर्फ चासो बढेको छ ।हुम्ला सीमा अतिक्रमण भएको तथ्य बाहिर आएपछि छिमेकी चीनले असहयोगको नीति लिएको छ । सीमा क्षेत्रका बासिन्दासँग बदला लिने हिसाबले चीनले नाकामा कडाई गर्दै नेपालीलाई दुख दिएको छ । करिब ७ हजार हुम्लाबासीको रोजिरोटी खोसेको छ ।यसबाट आजित भएर हुम्लीले चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेका छन् । कोभिड(१९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेका हुन् । सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्...
काम नगर्ने चिनियाँ ठेकेदारलाई कुलमान घिसिङको कडा चेतावनी

काम नगर्ने चिनियाँ ठेकेदारलाई कुलमान घिसिङको कडा चेतावनी

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ कार्तिक –सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नपाएपछि कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको छ । “करिब दुई वर्षअघिको भन्दा निर्माणस्थलको कामको प्रगति उल्लेख्य देखिएको छैन,” घिसिङले निर्देशन दिँदै भने, “चार महिना हेर्छौं, त्यसपछि पनि यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन ।” खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद...