भारतीय सीमामा चीनको सैन्य प्रदर्शन
नेपालगन्ज (एजेन्सी) १० मंसिर – चीनले भारतसँगको सीमा नजिकै अत्याधुनिक हतियार प्रदर्शन र सैन्य परीक्षण गरेको छ ।
चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकूले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो ।
जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो ।
चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ ।
भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण ...









