विश्व क्षयरोग दिवसको अवसरमा हाईजिन किट वितरण
नेपालगन्ज, १० चैत्र – विश्व क्षयरोग दिवसको अवसरमा आज मंगलबार नेपालगन्जमा एक विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग (TB) विरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा बिरामीहरूलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
यसैबीच, गोपाल नीना फाउन्डेशन नेपालका तर्फबाट पब्लिक म्यानेजर दिलीप गिरी तथा पब्लिक रिलेसन अफिसर विजेन्द्र जीसीको सहभागिता रहेको थियो । संस्थाले क्षयरोग अस्पताल, नेपालगन्जका बिरामीहरूलाई स्वच्छता सामग्री -हाइजिन किट) वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ । गोपाल नीना फाउन्डेशन नेपालले सामाजिक स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कार्यक्रममा क्षयरोग अस्पताल समितिका अध्यक्षका रूपमा लक्ष्मण रेग्मी तथा आयोजक प्रमुखका रूपमा कमल ढकालको सक्रिय भूमिका रहेको थियो ।
त्यसैगरी, क्षयरोग अस्पतालबाट वरिष्ठ मेडिकल अधिकृत डा. सत्यकुमार शाहिद...









