एकल महिलाको अध्यक्षमा विन्दा चयन
नेपालगन्ज, ४ चैत्र - द्धन्द पीडित तथा एकल महिला संजाल बाँकेको एघाराैं साधारणसभा र पाँचाै अधिबेशनले बाँकेको अध्यक्षमा विन्दा खरेललाइ चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा विजय रोका, सचिव पारवती पाण्डे, सहसचिव मायादेवी मगर, कोषाध्यक्ष मनसरा सुनार रहेका छन् । सदस्यहरुमा तारा रोकाय, जया आचार्य, रमा गहतराज, राधा डाँगी, धनमाया बुढामगर, किरणकुमारी बैश्य लगायतका रहेका छन् ।
कार्यक्रमका प्रमुख अथिति वडा नं.९ का वडा अध्यक्ष गोविन्द रेग्मीले एकल महिला संगठीत भएर अगाडि बढेकोमा आफु खुशी भएको बताउँदै आफुले सक्दो सहयोग गर्दै आएको बताए । संस्थाका संस्थापक अध्यक्ष तथा हाल केन्द्रिय अध्यक्ष शोभा विसीले अझै पनि एकल महिलाको पहुच नीति निर्माण र आर्थिकमा पुग्न नसकेको बताउदै छुटेका एकल महिलाहरुलाइ पनि वडा वडामा संजाल गठन गरी संगठीत गर्न नया कार्यसमितिलाइ निर्देशन गरीन । उनले देशभरी ७७जिल्ला मध्य २वटा जिल्ला...









