कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नतीको माग
कपिलवस्तु, १७ कार्तिक - कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदी लाई भेटी बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
कपिलवस्तु जिल्लाको सुरक्षा व्यवस्थाको बारेमा चर्चा गर्नुको साथै ईलाका प्रहरी कार्यालय चन्द्रौटालाई स्तरोन्नति गरी नायव उपरीक्षक (DSP) को दरवन्दी सहित संचालन गर्न तथा ५०-६० दरवन्दी सहितको दंगा गणको कपिलवस्तुमा स्थापना गर्नुपर्ने माँग गरेको छ।
कपिलवस्तु जिल्लामा कृष्णनगर र मर्यादपुर गरि हाल दुई प्रमुख भंसार नाका रहेको हुदा सुरक्षा व्यवस्था कायमको लागी अतिआवश्यक रहेको छ।छिमेकी जिल्ला दाङ र रुपन्देहीम सो गण रहेको तर कपिलवस्तुमा नरहेकोले सो स्थापन गर्नुपर्ने माग गरेका छन । सो सम्बन्धमा अतीरिक्त महानिरीक्षक चतुर्वेदीले आफुले सम्वन्धित निकायमा प्रताव राख्ने प्रत...








