
“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”
नेपालगन्ज, ०७ कात्र्तिक – यही कात्र्तिक २९ गतेदेखि सञ्चालन हुने महोत्सवका लागि राजनीतिक दलहरुसंग मंगलवार नेपालगन्जमा छलफल गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे राजनीतिक दलहरुसंग मंगलवार छलफल गरिएको हो । महोत्सवको तयारी बारे नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारले महोत्सव लगाउनु सामान्य कुरा नभएको हुनाले यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताउनुभयो । महोत्सव सफल बनाउन अझै समय छ, यसको लागि हाम्रो पार्टी र मेरो व्यक्तिगत साथ सहयोग र समर्थन रहिरहने काँग्रेस बाँकेका उपसभापति अधिकारीले बताउनुभयो ।
बाँकेमा फरक फरक समुदायको बसोबास छ, यसमा बढि ध्यान दिन र त्यही क्षेत्रमा फोकस गर्न उहाँले सुझाव दिनुभयो । महोत्सवलाई व्यापकता बनाउन ग्रामिणका बस्ती बस्तीमा प्रचारप्रसार व्यापक बनाउन अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो । म...