Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
रमेश कुमार बोहोरा मितिः २०८२ मंसिर २१ गते, आईतबार नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ । कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ । बितेका सात दशकको राजनीतिक यात्र...
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ, १८ मंसिर – नेपाल नागरिक उड्डयन प्राधिकरण (ऋब्ब्ल्) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (ऋक्ष्ब्ब्) ले पक्राउ गरेपछि राष्ट्रिय एकता अभियानले सो कदमलाई “सुशासन र जवाफदेहिता स्थापनातर्फको ऐतिहासिक पहल” भनेर स्वागत गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार यो पक्राउले देशमा जरा गाडिरहेको दण्डहीनताको संस्कृतिविरुद्ध महत्वपूर्ण सन्देश दिएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिहरू कानुनभन्दा माथि छैनन् भन्ने ध्वनि पहिलोपटक स्पष्ट रूपमा स्थापित भएको उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा ‘मुख्य जिम्मेवार’ राष्ट्रिय एकता अभियानले विगत लामो समयदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौं रुपैयाँको आर्थिक अनियमितता र त्यसले देशको हवाई सुरक्षा, पर्यटन सम्भावना र राष्ट्रिय गौरवमाथि पारेको असरबारे व्यापक रूप...
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न

मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, १७ मंसिर – मधेश प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेश सभामा दर्ता गर्ने तयारी गरेको बारेमा राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको मन्त्रि परिषद्ले गरेको निर्णयलाई अभियानले ‘संवेदनशील विषय’ उल्लेख गर्दै यसको सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासनमा पर्न सक्ने प्रभावबारे प्रश्न उठाएको हो । अभियानका मधेश प्रदेश इन्चार्ज मनिष पुर्वेले जारी गरेको विज्ञप्तिमा यो निर्णय पर्याप्त सुरक्षा मूल्यांकन, सार्वजनिक छलफल र सम्भावित जोखिमहरूको अध्ययनबिना हतारमा अघि बढाएको आरोप लगाइएको छ । विज्ञप्तिमा धार्मिक तथा शैक्षिक संस्थाहरूको दायरामा अनियमित गतिविधि, दर्ता प्रक्रियामा अपारदर्शिता, मानवस्रोत व्यवस्थापनमा कमजोर निगरानी जस्ता समस्या देखा परिरहेको उल्लेख गरिएको छ । अभियानले यस्ता संर...
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती

संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
रमेश कुमार बोहोरा मितिः२०८२ कार्तिक ३० गते, आईतबार देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ । यस अवस्थालाई बुझ्न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक छन् । २०८२ साल भदौ २३ र २४ गते देशभर भड्किएको जेनजी आन्दोलनले केवल तत्कालको असन्तुष्टि मात्र देखाएन दशकौँदेखि थिचिँदै आएका संरचनागत समस्या, अव्यवस्था, भ्रष्टाचार, नेतृत्वहीनता र कमजोर शासन प्रणालीको वास्तविक अनुहार बाहिर ल्याइदियो । देख्दा यो युवा पुस्ताको आकस्मिक क्रोध जस्तो लागे पनि यसको मूल कारण राज्यका दीर्घकालीन असफलता र जनतामा जम्मा हुँदै गएको भारी निराशा नै हो । सबैभन्दा चिन्ताजनक कुरा यति ठूलो अस्थिरता र क्षतिपछि पनि कसैले जिम्मा लिन चाहेन । संविधान कागजमा छ तर व्यवहारमा ‘कोमा’मा परेजस्तो देखिन्छ । सुरक्षा निकायहरू भ्रममा परे, सरकार मौन रह्यो, निर्णयहरू ढिलो भए र जनताले पाएका जवाफहरू खाली र असन्...
प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा २६ करोड बेरुजु

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – बर्दियाको बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू र लेखापाल नारायणराज त्रिपाठीको मिलेमतोमा २६ करोड रुपैयाँभन्दा बढी रकम बेरुजु भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ देखि २०८/०८१ सम्मको अवधिमा ठूलो रकम हिनामिना भएको पुष्टि गरेको हो । गाउँपालिकामा अहिलेसम्म ४९ करोड ८८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्र फछ्यौट भएको छ । प्रतिवेदनका अनुसार २०७७/०७८ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अर्जुन सुवेदी र लेखापाल नारायणराज त्रिपाठी तथा विनोदराज खनाल संलग्न रहँदा ९ करोड ९१ लाख रुपैयाँ बेरुजु भएको थियो । २०७८/०७९ मा पुनः अर्जुन सुवेदी र धर्मराज न्यौपानेको कार्यकालमा ८ करोड ८५ लाख रुपैयाँ बेरुजु देखिएको छ । २०७९/०८० मा लेखापाल त्रिपाठ...
दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

दैनिक दर्जनबढी गाई–गोरु काटिंदा समेत प्रहरी मौन !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको गाई–गोरुलाई दैनिक दर्जन बढी काट्ने कार्य जारी रहेको स्रोतको दाबी रहेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरमा दैनिक एक दर्जन बढी गाई गोरु काट्ने गरिएको प्रत्येक्षदर्शीहरुको भनाई रहेको छ । यस अगावै समेत समाचार प्रकाशन भई उक्त कार्यमा संलग्न रहेका आरोपीहरुको नाम सार्वजनिक गर्दा पनि हालसम्म प्रहरी प्रशासनले कानुन बमोजिम कुनै कार्यवाही नगरिनुमा स्थानीयहरु आक्रोशित भएका छन् । बाँकेमा वर्षौदेखि गाई–गोरु तस्करीदेखि लिएर काट्ने तथा काटिएका गाई–गोरुलाई सुकाएर सुक्टी बनाएर होटलहरुमा बिक्री गर्दै आईरहेको कतिपय घटनाहरुको तथ्यांक नै रहेको पाईन्छ । जसमा केहीलाई कानुन बमोजिम संजाय भएको छ भने केहीलाई पक्राउ गरि छोडिएको घटनाहरु देख्न सकिन्छ । तर वर्षौदेखि खजुरा गाउँपालिका वडा नं. ८ स्थित रनियापुरमा ...
राष्ट्रिय किसान संजालद्वारा “कृषी” किसानहरुको समग्र समस्या मांगलाई लिएर नेपालगन्जमा जुलुस सभा र प्रदर्शन

राष्ट्रिय किसान संजालद्वारा “कृषी” किसानहरुको समग्र समस्या मांगलाई लिएर नेपालगन्जमा जुलुस सभा र प्रदर्शन

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज २३ कार्तिक - राष्ट्रिय किसान सञ्जालद्वारा किसानका विविध मांग समस्याहरुका विषयलाई लिएर लुम्बिनी प्रदेशको नेपालगन्जमा आईतबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ । सातै प्रदेशका सदरमुकामहरुमा आईतबार विहान ११ बजे एकै समयमा गरिने भनिएको शान्तिपूर्ण जुलुस प्रदर्शन कृषी किसानसंग सम्बन्धित बिबिध बिषयमा मांग राख्दै विरोध कार्यक्रम अन्तर्गत राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले नेपालगन्जमा जुलुस प्रदर्शन बिरोधसभा गरेको छ । नेपालगन्जको एस.के. पेट्रोल पम्पदेखि शुरु भएको जुलुस प्रदर्शनमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ भित्र पर्ने किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी, सदस्य एवम आम किसानहरुको सहभागिता सहित प्रदर्शन कारकाँदौ चौकमा बिरोध सभामा परिणत भएको हो । उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्र...
सातै प्रदेशमा एकैपटक किसानका विषयलाई लिएर आन्दोलन

सातै प्रदेशमा एकैपटक किसानका विषयलाई लिएर आन्दोलन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २३ कार्तिक – राष्ट्रिय किसान सञ्जालद्वारा किसानका विविध समस्याहरुका विषयलाई लिएर आईतबार एकैपटक देशभर शान्तिपूर्ण विरोध गर्दैछ । सातै प्रदेशका सदरमुकामहरुमा आईतबार विहान ११ बजे एकै समयमा गरिने शान्तिपूर्ण विरोध नेपालगन्जमा पनि गरिदैछ । देशभर गरिने उक्त विरोध कार्यक्रम अन्र्तगत राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले भोलि आईतबार नेपालगन्जमा जुलुस प्रदर्शन तथा जनसभा गर्दैछ । नेपालगन्जको एस.के. पेट्रोल पम्पदेखि शुरु हुने विशाल जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी, सदस्य एवम आमकिसानहरुको सहभागिता हुने नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिए । महामन्त्री मल्लका अनुसार, आईतबार विहान नेपालगन्जको एस.के. पेट्रोल पम...
लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

आस्था, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ कार्तिक २२ गते, शनिबार नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एक दल होइन लोकतन्त्रको पर्यायको रूपमा चिनिन्छ । यही पार्टीले मुलुकमा बहुदल, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक शासन प्रणालीको बीज रोपेको थियो । तर आज यही कांग्रेस आफ्नै विचार र अस्तित्वको दोभानमा उभिएको छ । संस्थापकहरूले कल्पना गरेको ‘उदार लोकतान्त्रिक कांग्रेस’ र आजको सत्ता केन्द्रित कांग्रेसबीचको दूरी यति बढिसकेको छ कि पुराना नेताहरू समेत भन्न थालेका छन् “अब कांग्रेस विचार होइन, अस्तित्वको लडाइँ लड्दैछ ।” यो कथन कुनै भावनात्मक विस्फोट होइन पार्टीभित्रको वास्तविकता हो । सदस्य नविकरणदेखि महाधिवेशन तयारीसम्मका सबै गतिविधिले पार्टीभित्र गहिरो असन्तुलन र असन्तोष उजागर गरिदिएका छन् । संगठनका आधारभूत तहहरू कमजोर बनेका छन् र विचारभन्दा सञ्जाल, योग्यता भन्दा हैसियतले मूल्यांकन हुने अवस्था बनेको...
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १७ कात्तिक - डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ को प्रथम त्रेमासिक अन्र्तगत साउनदेखि असोजसम्मको भत्ता वितरण गरिरहेको हो । पालिका मै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका छन । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई गाउँमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । पालिकाको वडा नं. १, २, ५ र ६ का नागरिकलाई वडा कार्यालय, वडा नं. ३ र ४ का नागरिकलाई पालिकाको कार्यालयमार्फत भक्ता वितरण गरिने सूचना प्रविधी अधिकृत शुरेस बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल इन्भ...