Friday, March 14सत्यम खबर
Shadow

राजनीति

दीपक मनाङे आजै कारागार चलान हुने

दीपक मनाङे आजै कारागार चलान हुने

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ कार्तिक – पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो लागिएको थियो । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट अदालतमा उपस्थित गराइएको छ । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेका...
अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा ईट्टा उद्योगले अदालतको अन्तरिम आदेशलाई समेत नमान्ने बताएको छ । विहिबारका दिन ‘‘अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश’’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि नेपाल ईट्टा उद्योग व्यवसायी संघले सो सम्बन्धी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालयमा आवश्यक सहयोग सम्बन्धमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालयलाई ‘‘आवश्यक कार्याथ सम्बन्धमा’’ उल्लेख गरि पत्र पठाएको थियो । सोही पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित जानकी गाउँपालिका प्रमुख छब्बन खान, चाचा ईट्टा उद्योगका प्रोप्राईटर नसिम खान तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघका पदाधिकारीहरु बीच छलफल गराई अब उप्रान्त अदालतको आदेशानुसार कार्यान्वयन गर्ने गराउने भनी सहमति गराई प...
शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, १३ कार्तिक - कपिलवस्तुक   प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उहाँले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गर्नुभयो । प्रजिअ अर्यालले भन्नुभयो, “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उहाँले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो । तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गर्नु भयो । कपिलव...
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
उदयपुर, १३ कार्तिक – नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देश कै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बरबहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो । छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिन भयो । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै ...
अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अपराध, आर्थिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सिन्धुपाल्चोक, १३ कार्तिक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगतअनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपाप्रधान, इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिबालयका प्रेमकुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्रबहादुर बस्नेत सम्मिलित उच्च स्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो...
पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीसँग सांसद एकनाथ ढकालको भेटबार्ता

पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीसँग सांसद एकनाथ ढकालको भेटबार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौ, १३ कार्तिक – नेपालका प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेटगरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । सांसद ढकालले इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (आइक्याप) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद र अन्य पाकिस्तानी नेताहरुसँग भेटर्वाता गरेका थिए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल अन्तर्राष्ट्रिय फौजदारी अदालत र कानुनको शासन सम्बन्धी १३ औं संसदीय परामर्शदात्री सम्मेलनमा भाग लिन हाल पाकिस्तानमा छन् । परिवार दलका अध्यक्ष ढकालसँगै नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल भ्रमणमा सहभागी छन् ।...
स्थितिगत्यात्मक प्रगतिवादबारे राष्ट्रिय संगोष्ठी सम्पन्न

स्थितिगत्यात्मक प्रगतिवादबारे राष्ट्रिय संगोष्ठी सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ कात्र्तिक – हात्तीवन, ललितपुरस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको सहृदयता समाज नेपालले जानकारी दिएको छ । प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उद्घाटन गरेको संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिए । उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टीएन जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघक...
नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ कार्तिक – राष्ट्रिय एकता अभियानले आज एक पत्रकार सम्मेलनमा चिनियाँ राजदूत चेन सोङद्वारा गरिएको भ्रामक दाबीको विरोध गर्दै नेपाल सरकारसँग कूटनीतिक कदम चाल्न माग गरेको छ। सो पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो। अभियानले सूचना अधिकार (आरटीआई) ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गरेको थियो। नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार, नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको छ। तर, चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाडौं चक्रपथ दोस्रो चरण, हिल्सा-सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआ...
भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १० कार्तिक – भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनानिग्रित रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो । जबकि उक्त पर्खाल र गेट २०३२ साल देखि नै क्याम्पस हातामा हरेको क्याम्पस प्रशासनले जनाएको छ । भक्तपुर क्याम्पसको उत्तर तर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले भने उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदाको समयमा एक्कासि डोजर ल्याएर क्याम्पसमा भएका शिक्षक विद्यार्थीलाई हातपात गर्दै डोजर लगाएर पर्खाल बास्केटबल कोर्ट मुल गेट पानी तान्ने मेसिन भएको भवन लगायत पार्किङ एरिया तथा शौचालय भत्काइद...
तीन मन्त्री लुम्बिनी प्रदेश सरकारमा थपिँदै, बाँकेबाट आदेश अग्रवाल

तीन मन्त्री लुम्बिनी प्रदेश सरकारमा थपिँदै, बाँकेबाट आदेश अग्रवाल

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ कात्तिक - सरकार गठन भएको तीन महिनापछि लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुन लागेको छ। सत्तारूढ दलहरूका बीचमा यसअघि नै सहमति जुटे पनि नेपाली कांग्रेसभित्रकै आन्तरिक किचलोका कारण रोकिएको मन्त्रिमण्डल विस्तारको काम तीन महिनापछि हुन लागेको हो। नेपाली कांग्रेसको एउटा समूहले बर्दियाबाट प्रत्यक्ष निर्वाचित जन्मजय तिमिल्सिनालाई मन्त्री बन्न रोक्दा मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन। नेपाली कांग्रेसका एक सांसदका अनुसार संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली चौधरी तिमिल्सिनालाई यसअघि नै मन्त्री बनाउने पक्षमा थिए भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) र आर्थिक तथा योजनामन्त्री धनेन्द्र कार्की उनलाई मन्त्री बन्नबाट रोक्ने पक्षमा थिए। गत साउन ९ गते सरकार गठन हुँदा नै नेपाली कांग्रेसको नेतृत्व गर्दै तिमिल्सिना मन्त्री बन्ने निश्चित जस्तै भएको थियो। तर शप...