Sunday, August 2सत्यम खबर
Shadow

राजनीति

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा निर्माणाधिन रहेकाे तिरूपति बालाजी धामलाई थप १ कराेड १० लाख बजेट बिनियाेजित गरि आज शिलान्यास गरिएकाे छ । वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले दिएकाे जानकारी अनुसार संघीय सरकार शहरी विकास मन्त्रालयबाट १ कराेड तथा नेपालगन्ज उपमहानगरपालिकाबाट ५ लाख एवम् वडा नं. १८ बाट ५ लाख गरि १ कराेड १० लाख बजेट बिनियाेजित गरि धाम निर्माणका लागि आज शिलान्यास गरिएकाे बताउनुभयाे । वडा अध्यक्ष बर्माले यश कार्यमा सहयाेग, सहकार्य गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै अब छिट्टै हामीले तिरूपति बालाजी दर्शन नेपालगन्जबाटै गर्न पाउने बताउनुभयाे ।...
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, १७ माघ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ । कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुशासन सबैले पाल्ना गर्नुपर्ने, यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसालाई राज्यको मूलध...
कार्यकाल सकिनु १० महिनाअघि नै लिङ्देनलाई धवल शमशेरको चुनौती

कार्यकाल सकिनु १० महिनाअघि नै लिङ्देनलाई धवल शमशेरको चुनौती

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियमित कार्यकाल सकिनु १० महिना अगावै कार्यशैलीमा प्रश्न उठाउँदै महामन्त्री धवलशमशेर राणाले चुनौती दिएका छन्। राप्रपाको २०७८ मंसिरको महाधिवेशनबाट कमल थापालाई हराउँदै लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। उनको चार वर्षे कार्यकाल सकिन १० महिना बाँकी छ। माघ १० गते धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समिति बैठक थियो। केन्द्रीय समितिका एजेन्डा तय गर्न बसेको बैठक सकिनै लाग्दा महामन्त्री धवलशमशेर राणा बोले- अध्यक्षज्यू, मेरो फरक विचार छ, केन्द्रीय समितिमा पेस गर्न पाऊँ। अध्यक्ष लिङ्देनले तत्काल हुन्छ वा हुन्न केही भनेनन्। महामन्त्री राणाले फरक विचार के राख्न खोजेका हुन् लिङ्देनलाई भेउ थियो। त्यसैले पनि हुनुपर्छ, केहीबेरपछि अध्यक्ष लिङ्देनले भने- तपाईंको बोल्ने पालोमा केन्द्रीय समितिमै वाचन गर्न सक्...
१८ नं. वडामा १ करोड ४३ लाखमा पक्की नयाँ सडक बाटाे निर्माण शुरू

१८ नं. वडामा १ करोड ४३ लाखमा पक्की नयाँ सडक बाटाे निर्माण शुरू

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ - विगत आर्थिक वर्ष झै यश आर्थिक वर्षमा समेत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगाायत विषयलाई प्राथमिक्ता साथ वडा नं. १८ ले उठान गर्दै निर्माण कार्यकाे थालनी गरेकाे छ । शनिबार वडाध्यक्ष दिपककुमार बर्माले झण्डै डेढ करोड बजेटमा निर्माण हुने पक्की सडककाे शिफान्यास गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा अर्को पक्की नयाँ सडक बन्ने भएको छ । सुर्खेतरोड भाटभटेनीदेखि पश्चिमतर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजईं गाउँ जाने ५ सय ५० मिटर लामो सडक ८७ लाख ९७ हजार रूपैयाँमा टेण्डर सम्झौता भएपछि राप्ती गणेश कन्स्ट्रक्सनले निर्माण कार्य शुरु गरेको छ । २०८२ जेठ १५ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम सुरु गरेको पक्की नयाँ सडकमा दायाँबायाँ एकमिटरको नाला र ६ मिटरको चौडा बाटो सहित ८ मिटरको नयाँ बाटो बन्ने वडाध्यक्ष बर्माले बताए । वडाध्यक्ष बर्माले दिए...
‘नेपाल–भारत खुला समाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ’

‘नेपाल–भारत खुला समाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ’

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुरधाम, १३ माघ – नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ । वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी आदित्य झा लागायतको टोलीले विदेह नगरपालिका वार्ड नम्बर–२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढ लगायत सीमा क्षेत्रमा अवस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको हो । संवाद समूहका अध्यक्ष डा.झा भन्छन्, ‘निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल–भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखे । दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए ।’ साथै, घाम ताप्दै त कोहि जलावन सुकाउँदै गरेका दैननिकी गतिविधिहरू पनि देखिए । यस्तो दृश्यले नेपाल–भारत ...
कमल डाँगीको नेतृत्वमा प्रेस चौतारी नेपाल बाँके

कमल डाँगीको नेतृत्वमा प्रेस चौतारी नेपाल बाँके

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ – प्रेस चौतारी नेपाल, बाँकेको १०औं जिल्ला अधिवेशनबाट कमल डाँंगीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नव निर्वाचित अध्यक्ष ढाँगी बिगत दुई कार्यकाल जिल्ला सचिव थिए । शनिबार नेपालगन्जमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्षमा रामु वली, महिला उपाध्यक्षमा पवित्रा परियार, सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी र कोषाध्यक्षमा दिपेश आचार्य चयन भएका छन् । यसैगरी कार्य समितिका सदस्यहरुमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदिप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली चयन भएका छन । सो एमाले केन्द्रीय सदस्य शान्ति ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय उपाध्यक्षद्वय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव प्रदिप आचार्य, निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, केन्द्रीय सदस्य टिका बस्नेतलगायतको सहभागिता रहेको ...
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना

पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना

प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पर्सा, ११ माघ – राष्ट्रिय एकता अभियानले पर्सा जिल्लामा आफ्नो नयाँ कार्यालय स्थापना गर्दै अभियानलाई थप सशक्त बनाउने घोषणा गरेको छ । अभियानले चिनियाँ विस्तारवाद, इस्लामिक अतिवाद, र संघीय हिन्दू गणतन्त्रको स्थापनालाई आफ्नो मुख्य उद्देश्य बनाएको छ । एक विशेष कार्यक्रममार्फत कार्यालय उद्घाटन अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभयो । उहाँले राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षा अभियानको मुख्य ध्येय रहेको बताउँदै अभियानले सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा संरक्षक सेवक सौरभनाथ महाराजको उपस्थिति थियो । कार्यक्रममा केन्द्रीय सदस्य ओमबाबु यादव र अरविन्द त्रिपाठीले सम्बोधन गर्दै अभियानका उद्देश्य र महत्वलाई स्पष्ट पारे । नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिहरूको आलोचना गर्दै चिनियाँ हस्तक्षेपलाई ख...
प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ – न्यायको खोजी गर्दैै विगतमा भएको हत्या घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन नेपालगन्जमा प्रहरी विरुद्ध नारा लगाउँदै विशाल जुलुससहित विरोध प्रदर्शन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्यामा संलग्नहरुलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारले मंगलवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेका छन् । खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो । हत्या भएको १० महिना वित्न लाग्दा समेत प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेपछि पीडित परिवारहरु न्याय खोज्न सडकमा उत्रिएको बताईएको छ । उनीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ताबाट प्रहरी बिरुद्ध नारा लगाउँदै नेपालगन्जको मुटु धम्बोझी चोकमा टायर बाली चक्काजाम गरी बिरोध प्रदर्शन गरेका छन् । विगत १० महिना अगाडी अरबी खाँको हत्या भएको घटनामा पीडित परिवारले प्रहरी विरुद...
क्रेसर उद्योगको दादागिरी !

क्रेसर उद्योगको दादागिरी !

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – बाँकेमा रहेका केही क्रेसर उद्योगको मनपरी । कोही मापदण्ड बिपरीत सञ्चालन गर्छन्, त कोही मनपरी भण्डार एवं बिक्री बितरण । यस अघि डुडुवा तथा राप्ती सोनारीमा गरिरहेको मनपरी, अहिले नेपालगन्ज उपमहानगरपालिकामा समेत देखा पर्न थालेको छ । डुडुवा गाउँपालिका वडा नं. ३ स्थित बाबा क्रेसर उद्योगको नामले सञ्चालन रहेको बाबा स्टोनले अहिले नेपालगन्ज वडा नं. २२ स्थिति रहेको हुलाकी सडक मार्ग नै कब्जा गरि खुल्ला रूपमा भण्डार गरी बिक्री बितरण गरिरहेको छ । त्यस क्षेत्रबाट हिड्ने सवारी साधनहरुले खुल्ला अवस्थामा राखिएको बलुवा, मोरंग, माटोबाट उड्ने धूलोले भोली दुर्घटना हुँदा जिम्मेदार को हुने ? यदि समय मैं सचेत नभई सम्बन्धित निकायले यस बिषयमा चासो नदिए बाँकेमा अहिले बढ्दो दुर्घटनालाई झन बढ्ने निश्चित छ । क्रेसर उद्योगको मनपरी वा दादागिरीको बिषयमा समाचार कुनै नौलों होइनन् तर अब नेपालगन्...
उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु , ४ माघ – जिल्लाको कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन । उद्योग वाणिज्य संघ कृष्णनगरको पुस १९ गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गोपनियताको शपथ दिलाएका छन् । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी सनिउल्लह धोबीले गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्रकुमार कानोडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह, पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव, अर्जुन केसी, प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की, मुस्लिम आयोग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उप...