कावा अध्यक्ष बाल्मिकी माथि हातपात, आरोपित वडाअध्यक्ष सिद्दिकीद्वारा त्यसो नगरेको भनाई (पुनः प्रकाशित)
नेपालगन्ज, २२ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष आयुब सिद्दिकी तथा वडा नं. ११ का कावा अध्यक्ष सविता बाल्मिकी बीच विवाद उत्पान्न भई अध्यक्ष सिद्दिकीले हातपात गरेको आरोप कावा अध्यक्ष बाल्मिकीले लगाएका छन् ।
पीडित बाल्मिकीको भनाई अनुसार करीब १ महिना अगाडी मेरो छोरी गैर सनातनीको बहकावामा आई भागेको थियो । सो घटनामा वडा नं. ३ का अध्यक्ष सिद्दिकीले दुबै पक्षलाई वडा कार्यालयमा बसाई छलफल गराई छोरीलाई मेरो जिम्मामा दिएका थिए । त्यसको केही दिन मै उनले पटक–पटक फोन गरी छोरीलाई पुनः केटासँग पठाउनुस भन्दै आएको आरोप लगाउँदै यही फागुन १२ गते सोमबारका दिन दिउँसो करीब १ बजे म अफिस आउँदा पुनः मेरो छोरी सोही केटासँग वडा नं. ३ को वडा कार्यालयमा पुगेको बताउनुभयो ।
कावा अध्यक्ष बाल्मिकीले अगाडी थप्दै भन्नुभयो– ‘त्यस विषयमा हामी २–३ जना वडा नं. ३ मा पुगी अध्यक्ष सिद्दिकीलाई छोरी भे...









