Sunday, February 9सत्यम खबर
Shadow

क्रेसर उद्योगको दादागिरी !

नेपालगन्ज, ४ माघ – बाँकेमा रहेका केही क्रेसर उद्योगको मनपरी । कोही मापदण्ड बिपरीत सञ्चालन गर्छन्, त कोही मनपरी भण्डार एवं बिक्री बितरण । यस अघि डुडुवा तथा राप्ती सोनारीमा गरिरहेको मनपरी, अहिले नेपालगन्ज उपमहानगरपालिकामा समेत देखा पर्न थालेको छ ।

डुडुवा गाउँपालिका वडा नं. ३ स्थित बाबा क्रेसर उद्योगको नामले सञ्चालन रहेको बाबा स्टोनले अहिले नेपालगन्ज वडा नं. २२ स्थिति रहेको हुलाकी सडक मार्ग नै कब्जा गरि खुल्ला रूपमा भण्डार गरी बिक्री बितरण गरिरहेको छ । त्यस क्षेत्रबाट हिड्ने सवारी साधनहरुले खुल्ला अवस्थामा राखिएको बलुवा, मोरंग, माटोबाट उड्ने धूलोले भोली दुर्घटना हुँदा जिम्मेदार को हुने ?

यदि समय मैं सचेत नभई सम्बन्धित निकायले यस बिषयमा चासो नदिए बाँकेमा अहिले बढ्दो दुर्घटनालाई झन बढ्ने निश्चित छ । क्रेसर उद्योगको मनपरी वा दादागिरीको बिषयमा समाचार कुनै नौलों होइनन् तर अब नेपालगन्ज उपमहानगरपालिकालाई समय मैं यस्ता उद्योग एवं भण्डारलाई कानूनी दायरमा लिइ कार्यवाही गरेको हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *