
नेपालगन्ज, १३ माघ – विगत आर्थिक वर्ष झै यश आर्थिक वर्षमा समेत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगाायत विषयलाई प्राथमिक्ता साथ वडा नं. १८ ले उठान गर्दै निर्माण कार्यकाे थालनी गरेकाे छ ।
शनिबार वडाध्यक्ष दिपककुमार बर्माले झण्डै डेढ करोड बजेटमा निर्माण हुने पक्की सडककाे शिफान्यास गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा अर्को पक्की नयाँ सडक बन्ने भएको छ ।

सुर्खेतरोड भाटभटेनीदेखि पश्चिमतर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजईं गाउँ जाने ५ सय ५० मिटर लामो सडक ८७ लाख ९७ हजार रूपैयाँमा टेण्डर सम्झौता भएपछि राप्ती गणेश कन्स्ट्रक्सनले निर्माण कार्य शुरु गरेको छ ।
२०८२ जेठ १५ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम सुरु गरेको पक्की नयाँ सडकमा दायाँबायाँ एकमिटरको नाला र ६ मिटरको चौडा बाटो सहित ८ मिटरको नयाँ बाटो बन्ने वडाध्यक्ष बर्माले बताए । वडाध्यक्ष बर्माले दिएकाे जानकारी अनुसार, टेण्डर रकममा बोल कबोल गर्दा घटेर बचेको बाँकी रकम थप सडक बिस्तारमा लगानी गरिने वडाको योजना रहेकाे छ । कुल १ करोड ४३ लाख बजेट विनियोजन भएको थियो ।
‘यो आर्थिक बर्षमा हाम्रो वडाको सबैभन्दा ठूलो बजेटको सडक हो’, समय मै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिंदै वडाध्यक्ष बर्माले भने, ‘पूर्व योजना अनुसारका भौतिक पूर्वाधार निर्माणका कामहरू पनि क्रमशः अगाडि बढाइरहेका छौं ।’
नेपालगन्ज–१८ विकास निर्माणमा गरिरहेको उल्लेखनीय कामको कदर गर्दै शिलान्यास कार्यक्रममा वडाध्यक्ष बर्मालाई सम्मान समेत गरिएको स्थानीयबासीले जानकारी दिएका छन्।