Sunday, August 2सत्यम खबर
Shadow

राजनीति

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ४ माघ – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१÷०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्तर्गत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय हिरिमिनियामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । भत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेको बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्ती मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । यस अघि गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिसकिएको र बाँकी वडामा पनि वितरण शुरु हुने वडा सचिव शिवकुमार मौर्...
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ माघ – भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्टिूय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ । प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्र्कष निकालेको थियो । आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै ना...
नरैनापुरमा फेरी १५ वर्षिय बालिका ‘लभ–जिहाद’ को शिकार भई अपहरित

नरैनापुरमा फेरी १५ वर्षिय बालिका ‘लभ–जिहाद’ को शिकार भई अपहरित

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ माघ – विगत १ वर्षदेखि ‘लभजिहाद’ बाट परिचित नरैनापुर गाउँपालिका भित्र पटक पटक गरी दर्जन बढी बलात्कार, अपहरण, शरीर बन्धक लगायत घटना घटिसकेको तथ्यले देखाईरहेको अवस्था हुँदा समेत प्रहरी प्रशासनले कडाईका साथ पीडितलाई न्याय दिन नसक्दा फेरी सोही प्राकृतिको घटना घटेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा एक जना नाबालिकको अपहरण भएको छ । बाँके नरैनापुरको वडा नं. २ मा १५ वर्षिय निशा देवी (नाम परिवर्तन) को अपहरण भएको बताईएको छ । यही पौष २९ गते राती ८ बजे घर नजिकै रहेकोको खेतमा शौच गर्न गएको बेला उनको अपहरण भएको बताईएको छ । घरमा शौचालय नभएकोले खेतमा शौच गर्न गएकी नाबालिक छोरीको सोही ठाउँ बस्ने २० वर्षिय तपसीर खाँ, २५ वर्षिय रियाज खाँ, २५ वर्षिय सिराज खाँ, ३५ वर्षिय जाकिर खाँ र ५० वर्षिय निजामुद्दीन खाँको समूहले अपहरण गरी लगेको पीडितको परिवारले जनाएका छन् । पीडित परिवारले दिएको...
अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ पुस – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको २३ वटै वडाहरुमा सरकारी जग्गा रहेको पाईन्छ भन्ने तथ्यांक विगतमा नगर प्रमुख डा. धवलशम्शेर राणाको पालामा नै सार्वजनिक गरिएको थियो । तर उक्त सार्वजनिक गरिएको सरकारी स्वामित्व रहेको जग्गामा कति पय वार्डहरुमा कब्जा गरिएको छ भने कतिपय वार्डका जनप्रतिनिधिहरुको सक्रियतामा कब्जा जग्गा छुटाई कतिपय योजनाहरु मा प्रयोग गरिएको तथ्य वार्ड नं. १८ बाट सहजै बुझ्न सकिन्छ । यसैगरी करीब २० वर्षदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सरकारी स्वामित्वमा रहेको जग्गा निहित एकजना व्यक्तिले मासिक १६ हजारका दरले भाडा खाँदै आईरहेको तथ्य सार्वजनिक भएको छ । उक्त सरकारी स्वामित्वमा रहेको जग्गाबारे सम्बन्धित वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले भने त्यो हामी निर्वाचित भएर आउनु अगाडीदेखि नै भोगचलन गरिआएका छन् । त्यसबारे हामी कानुनी सल्लाह गरेर नि...
१७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

१७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २८ पुस – बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पालिकाले बेतहनी स्वास्थ्य चौकीमा निमार्ण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा संचालन, हिरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको संचालन, वार्ड नं. २ स्थित विउ भण्डारण केन्द्रको संचालन गरिने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पालिकामा संचालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने बताउनुभयो । सभामा सेवा निबृत्त कर्मचारीहरु धनबहादुर बुढा, नरेश काँदु, शेरबहादुर केसी र जोगीसिंह सिख्खलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरि विदाई गरिएको थियो । सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु ...
डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २२ पुस – बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत आज बृहत रुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो– ‘मधेशी समुदायमा रगत दिनुनपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान शुरु गरिएको हो ।’ गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिबृद्धिका लागि यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । आज आईतबार आयोजिक बृहत रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको थियो । विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म रगत दिनेहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, महिलालगायत सर्बसाधारण गरि २ सय ११ जनाले र...
डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २१ पुस – बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा प्रार्य प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नाला लगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ । डुडुवामा अधिराज्य कै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरण अन्तर्गत वाउण्ड्री (वाल) निर्मा...
आर्थिक, सामाजिक लगायत क्षेत्रलाई संस्थागत गर्न नसक्नु दुःखदः अध्यक्ष यादव

आर्थिक, सामाजिक लगायत क्षेत्रलाई संस्थागत गर्न नसक्नु दुःखदः अध्यक्ष यादव

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ पुस – पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको कुनै उपलब्धी नदेखिएको टिप्पणी गरेका छन् । अवधी पत्रकार संघ, नेपालले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामीले बाहिरै बसेर यो सरकारलाई समर्थन पनि गर्यौं, यत्रो दिन भईसक्यो कुनै सुधारको सकारात्मक सन्देशसम्म देखा परेका छैनन्, न आर्थिक, न राजनीतिक, न कानुन, न प्रशासनीक, न विकास निर्माणका कुनैपनि क्षेत्रमा उपलब्धी देखिदैन ।’ अध्यक्ष यादवले गणतन्त्र आएको १५ वर्ष भयो तर त्यसलाई संस्थागत हालसम्म नेपाल सरकारले गर्न नसकेको बताउँदै त्यसमा परिवर्तन ल्याउन राजनीतिक दल सफल भएपनि संस्थागत गर्न नसकी अधुरो, अपुरो रहेको बताउनुभयो । अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधन गर्नुपर्ने विषयमा आफ्नो पार्टीले सुरु...
नेपालगन्जमा क्रिकेट खेल मैदानको लागि पूर्व वरिष्ठ खेलाडीहरुको चासो

नेपालगन्जमा क्रिकेट खेल मैदानको लागि पूर्व वरिष्ठ खेलाडीहरुको चासो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ पुस – खेलकुदको क्षेत्रमा नेपाल अधिराज्यभर अलग्गै पहिचान बनाउन सफल पश्चिम नेपालकै केन्द्र विन्दू नेपालगन्जमा एक पछि अर्को खेलकुदको बारेमा चासो र चर्चा हुने गरेको छ । यसै क्रममा सोमवार नेपालगन्जका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित भइसकेका पूर्व खेलाडीहरुको एक भेलामा नेपालगन्जमा क्रिकेट खेलको लागि अहिलेसम्म खेल मैदान बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । पूर्व खेलाडी समाज, बाँकेको संयोजक तथा टेबुलटेनिसका राष्ट्रिय खेलाडी तथा २०२८ देखि २०३२ सम्म स्थानीय क्रिकेट खेलका प्रथम क्याप्टेन प्रकाशबहादुर श्रेष्ठको पहलमा जमघट भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्र मै पहिचान बनाएका पूर्व अग्रज खेलाडीहरुले राज्यको अरबौं लगानी गरेर निर्माण गरिएको नेपालगन्ज रंगशालामा क्रिकेट खेलको कुनै पूर्वाधारसम्म नबनाएको प्रति असन्तोष व्यक्त गरेका छन् । अग्रज खेलाडीहरुले ...
लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पुस – लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ । साढे तीन तले सुविधा सम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधि भित्र भवन निर्माण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय विति सक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निर्माण कम्पनी सनलाईट÷एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण सम्झौताको अवधी ...