Wednesday, April 30सत्यम खबर
Shadow

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

नेपालगन्ज, १९ माघ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा निर्माणाधिन रहेकाे तिरूपति बालाजी धामलाई थप १ कराेड १० लाख बजेट बिनियाेजित गरि आज शिलान्यास गरिएकाे छ ।

वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले दिएकाे जानकारी अनुसार संघीय सरकार शहरी विकास मन्त्रालयबाट १ कराेड तथा नेपालगन्ज उपमहानगरपालिकाबाट ५ लाख एवम् वडा नं. १८ बाट ५ लाख गरि १ कराेड १० लाख बजेट बिनियाेजित गरि धाम निर्माणका लागि आज शिलान्यास गरिएकाे बताउनुभयाे ।

वडा अध्यक्ष बर्माले यश कार्यमा सहयाेग, सहकार्य गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै अब छिट्टै हामीले तिरूपति बालाजी दर्शन नेपालगन्जबाटै गर्न पाउने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *