मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट
आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा
मितिः २०८२ भदौ ९ गते, सोमबार
नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा निर्भर हुने निजी सञ्चार माध्यमहरूको दृष्टिकोणले यो विषयलाई गम्भीर ढंगले बुझ्नु जरुरी छ । नेपालमा सञ्चार माध्यमहरू प्रायः विज्ञापनबाट चल्ने भएकाले यस्तो निषेधले उनीहरूको अस्तित्व र दिगोपनामा प्रत्यक्ष प्रहार गरेको छ भन्ने तथ्यलाई बेवास्ता गर्न सकिँदैन ।
विज्ञापनको संरचनात्मक स्वरूपमा हेर्ने हो भने सरकारी निकाय, ठूला कम्पनी र बहुराष्ट्रिय उत्पादनकर्ताहरू मुख्य स्रोत हुन्छन् । यिनैम...









