
नेपालगन्ज, २५ भदौ – अधिवक्ता रामकुमार दीक्षितले नेकपा एमालेबाट राजीनामा दिएका छन् । अधिवक्ता दीक्षितले एउटा विज्ञप्ती जारी गर्दै आजकै मितिबाट नेकपा एमालेको कुनै पनि पदमा नबस्ने भन्दै विज्ञप्ती जारी गर्दै राजीनामा दिएका छन् ।
विज्ञप्तीमा “नेपालको संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने गरी केही दिन अगाडी नेपाल सरकारले सामाजिक संजाललाई बन्द गर्ने गरी गरेको अदुरदर्शी एवं घातक निर्णयले व्याप्त महंगी, बेरोजगारी, भ्रष्टाचार, कुशासनले आजिज युवाहरुको आक्रोशमा घ्युको काम गर्यो र काठमाडौँ लगायत देशभरमा उर्लेको निहत्था युवाहरुको महासागरलाई नियन्त्रणको नाममा भीड नियन्त्रण गर्ने सिद्धान्त विपरित २०८२÷५÷२३ गते टाउको, निधार र छातीमा ताकी ताकी गोली हानी १९ जना सपूतको हत्या र हजारौ युवाहरुलाई घाइते बनाएको प्रति स्तव्ध हुन् स्वाभाविक नै हो । सम्पूर्ण युवा सहिदलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक संतप्त, आमाबुवा, दाजु–भाई, दिदीबहिनी लगायत परिवार जनप्रति गहिरो समवेदना सहानुभूति प्रकट गर्दछु र घाईते युवाहरुको शीग्र स्वस्थ्य लाभको कामना गर्दछु ।
एउटा अदुरदर्शी एवं घातक निर्णयको परिमाण स्वरूप आज कहिल्यै पनि परिपुरण हुन् नसक्ने सपूतहरुको ज्यान गएको हाम्रै सार्वजनिक सम्पत्ति हाम्रै हातले नष्ट भयो, आगामी दिनमा नष्ट भएका सम्पूर्ण सार्वजनिक सम्पत्तिको जोहो हामीले नै गर्नु पर्दछ, यसर्थ थप नोक्सान हुन् नदिन सजग हुन् र संयमता अपनाउन हामी सबैको सांझा दायित्व होे ।
३० बर्ष लामो समय सम्म समानताको अधिकारको आन्दोलनमा रही ३ बर्ष ७ महिना ९ दिन अगाडी बिगतभन्दा अझ सशक्त रुपमा सामाजिक सेवा गर्ने अवसर प्राप्त हुने अपेक्षा सहित म ने.क.पा. एमालेमा प्रवेश गरेको केही दिन बित्न नपाउँदै दलदलमा फसेको अनुभूति हुन लागेको भएपनि भविष्यमा सुधार हुन सक्ने प्रत्याश सहित पार्टीमा नै बसी काम गरी रहे ।
हिजो २०८२÷५÷२३ गते गरिएको नरसंहारले २०६३÷६४ साल र २०७२ सालमा भएको नरसंहारको पुनरावृत्ति भएको र के.पी. ओलीको क्रुर एवं बर्बर शासन शैलीको प्रवृतिमा कुनै परिवर्तन हुन नसकेको पुष्टी भएको छ र अब यस्ता प्रवृतिको साक्षी बनी रहन उपयुक्त नभएकोले आजैदेखि लागु हुने गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य, संगठित सदस्य, नरैनापुर गाउँपालिका ईन्चार्जको जिम्मेवारीका साथै साधारण सदस्यता परित्याग गरी आफु मुक्त भएको घोषणा गर्दछु । बिगत ३.५ बर्ष भित्र पार्टीले दिएको विभिन्न जिम्मेवारी प्रति आभार व्यक्त गर्दै एमाले पार्टीमा रहंदा मित्र वर्गमा पर्न गएको असुविधाप्रति क्षमा प्राथी छु ।” अधिवक्ता रामकुमार दीक्षितद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनी उल्लेख गरेका छन् ।