Sunday, September 28सत्यम खबर
Shadow

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवा, २३ भदौ – डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ ।

फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निर्माण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो ।

पालिकाको वडा नं.१ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिनुभयो । पालिकाले बाढी तथा डुबान पिडितहरुको लागि विभिन्न स्थानमा आश्रय स्थल निर्माण गरेको छ ।

पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *