
नेपालगन्ज, १५ भदौ – बाँके जिल्लाको विभिन्न स्थानमा छरिएर बसोबास गरी रहेका कोरी कल्याण समाज बाँकेले आफनो दोस्रो साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेको सभाहलमा आयोजित, कोरी कल्याण समाज बाँकेका राकेशकुमार कोरीद्वारा सञ्चालित उपाध्यक्ष जंगलीप्रसाद कोरीको अध्यक्षतामा, समाजका बायोबृद्ध अयोध्याप्रसाद कोरीको प्रमुख आतिथ्यमा सम्पन्न समाजका कार्य समिति सदस्य भल्लु कोरीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि अयोध्याप्रसाद कोरी र सभाध्यक्ष जंगलीप्रसाद कोरीले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरी बिधिवत रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा समाजका सचिव मिश्रीलाल कोरीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिशाल कोरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बाँके जिल्लाको बिभिन्न स्थानमा करीब ८ हजारमा कोरी जातिहरु रहेका छन् । आजीवन सदस्यता र साधारण सदस्यता लिनका लागी समाजले अनुरोध गरेका छ । कार्यक्रममा समाजका दुर्गा प्रसाद कोरी र माधुरी कोरी स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अयोध्या प्रसाद कोरी, सभाध्यक्ष जंगली प्रसाद कोरी, बहोरी कोरी, दशरथ कोरी सभाष कोरी, सदस्य बृजमोहन कोरी, कृष्णगोपाल कोरी, शिवकुमार कोरी, बिशिष्ट अतिथि बिजय कोरी, राम फेरन कोरी लयागतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा राजितराम कोरी, शिवानी कोरी, माधुरी कोरी, अम्बिका कोरी, सुभाष कोरी, सुवराज कोरी, बेचुलाल कोरी, कौशिल्या कोरी, निर्मला कोरी, महामाया कोरी, सोभित कोरी, जनकदुलारी कोरी, जिवराज कोरी, सुमित कोरी, प्रेम वर्मा, बिमला कोरी, सन्तराम कोरी, राकेशकुमार कोरी, राहुल कोरी, सञ्चारकर्मी पवन जायसवाल, साबितराम कोरी, गुरबचन कोरी लगायतलाई कार्यक्रमका प्रमुख अतिथि अयोध्याप्रसाद कोरी, सभाध्यक्ष जंगली प्रसाद कोरी, र सचिव मिश्रीलाल कोरीले कदर प्रमाण–पत्र र पं्रशासा–पत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ का वडासदस्य सुनिता कोरी, पूर्व वडासदस्यहरुमा वार्ड नं.–६ का निर्मला कोरी, वार्ड नं.–१४ का महामाया कोरी, वार्ड नं.–४ का जयपत्री कोरी, कौशिल्या कोरी गम्छा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिकाको विभिन्न स्थानबाट महिला र पुरुष गरी ३०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा ३ जना आजीवन सदस्य र ५३ जना साधारण सदस्यलाई सदस्यता प्रमाण–पत्र प्रदान गरिएको छ । कोरी कल्याण समाज बाँकेको बि.सं. २०७९ सालमा स्थापना भएको थियो । यसैगरी कोरी कल्याण समाज बाँकेको दोस्रो साधारण सभाले नयाँ कार्य समितिको गठन गरेका छ । समाजका समाजसेवी तथा उद्योगपति रामशंकर माधवदासको अध्यक्षतामा ११ समिति कार्य समिति गठन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा जंगली प्रसाद कोरी (कौलिक), सचिवमा मिश्री लाल कोरी, कोषाध्यक्षमा श्रीराम बेलास कोरी (बिशाल), सहसचिवमा मनोज कोरीलाई सर्व सम्मतिबाट चयन गरिएको छ । यसरी कार्य समितिको सदस्यहरुमा श्रीमती सल्यानी कोरी, भाल्लु कोरी, रामनारायण कोरी, रामसेवक कोरी, रामविलास कोरी, कृष्णा गोपाल कोरी चयन भएको बिजय कोरीले जनाएका छन् ।