Monday, September 29सत्यम खबर
Shadow

तीजका अवसरमा किसान महासंघद्वारा ८ जेष्ठ महिला सम्मानित

नेपालगन्ज ७ भदौ – नेपाली काँग्रेस पार्टीमा आबद्ध भइ योगदान पु¥याउने ८ जेष्ठ महिलालाई सम्मान गरिएकोछ ।

हिन्दुहरुको महान चाड हरितालिका तीजका अवसरमा नेपाल किसान महासंघ नेपालगन्ज वडा नम्बर–६ को कार्यसमितिले शनिबार एक कार्यक्रमको आयोजना गरि जेष्ठ महिलालाई सम्मान गरेको हो ।

महासंघ वडा सभापति सगुन कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भइ विशिष्ट योगदान पुर्याउने रमावती दिक्षित, दुर्गा शर्मा, पार्वती कोरी, परमेश्वरी पाठक, भूमी दमेनी, लिला भण्डारी, सुशीला कार्की र विमला गौतमलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुबाट जेष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

प्रमुख अतिथी बादीले तीजका अवसरमा समाजमा महत्वपूर्ण भूमिका खेलेका जेष्ठ महिलालाई सम्मान गर्न पाउँदा गौरवको अनुभूती भएको बताईन ।

उनले पछिल्ला दिन तीजका नाममा बेथेती बढ्दै गएको भन्दै परम्परागतरुपमा मनाइदै आएको तीजको मौलिकतामा ध्यान दिनुपर्ने बताईन् । तीजको नाममा विकृति फैलिरहेको हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदिबहिनीहरुलाई उनले आग्रह गरिन् ।

यस्तै नेपाल किसान महासंघ बाँके शाखाकी उपाध्यक्ष अस्मिता शाहले तीजको उपवास गर्ने बेलामा महिलाहरुले आफ्नो स्वास्थको खाल गर्न अनुरोध गर्दै महिलाहरुले गाउने गीत, नृत्य र भावनात्मक अभिब्यक्तिले तीजको महत्वलाई बढाएको बताइन् । उनले तीज पर्वले महिलाको आत्मबल, सामाजिक एकता र पारिवारीक सम्बन्धलाई जोड्ने र मौलिक परम्परालाई जोगाई राख्ने काम गरेको बताईन् ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका निर्वतमान प्रदेश सदस्य याकुव अन्सारी, महाधिवेशन प्रतिनिधी सुनिल नरसिंह राणा, नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्ल, काँग्रेस नेपालगन्जका कार्यबहाक अध्यक्ष धनराज बर्मा, नेपाल विधुत प्राधिकरण केन्द्रिय उपाध्यक्ष दुर्गाप्रसाद जैसी, महासंघका केन्द्रिय महाधिवेशन प्रतिनिधी कुन्तलराज शर्मा, नेपालीकांग्रेस पुर्व महाधिवेशन प्रतिनिधि राकेश श्रीवास्तव, काँग्रेस क्षेत्र नम्बर– २ का क्षेत्रीय सचिव प्रदीप साह, तरुणदल बाके जि सचिव बिनोद रिजाल, तरुण दल नेपालगन्जका अध्यक्ष संदीपजंग शाह, किसान महासंघ क्षेत्र नम्बर–२ का क्षेत्रीय सचिव विजय मल्ल, किसान महासंघ नेपालगन्जका अध्यक्ष लोकबहादुर शाह, दलित संघ बाँकेका अध्यक्ष प्रकाश नेपाली र किसान महासंघ वडा नम्बर–१३ का अध्यक्ष अरुण शाह लगायत पार्टी, भातृ संघसंगठनका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।

‘तीज पर्व हाम्रो गौरव, हाम्रो संस्कृति, हाम्रो पौरख’ नारासहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित हडियाबाबा आश्रम परिसरमा आयोजित जेष्ठ महिला सम्मान, दर तथा शुभकामना आदानप्रदान कार्यक्रममा निशा रेग्मीले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रम युवराज शाहले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *