Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

अपराध, आस्था, प्रदेश २, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
प्रेमचन्द्र झा मिति २०८२ श्रावण २९ गते, विहिबार नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो। यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो। हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौं भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ। नेपाल जस्तो विविधताले भरिएको देशमा, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन्, त्यहाँ नैतिकता झनै महत्वपूर्ण हुन्छ। जब व्यक्ति, परिवार, समाज, संस्था, र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्याययुक्त देश बन्न सक्छ। तर अहिलेको समयमा नेपालमा नैतिकताको स्थिति कमजोर हुँदै गएको छ। मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन्। राजनीत...
लायन्स क्लबद्वारा बृक्षारोपण (फोटोफिचरसहित)

लायन्स क्लबद्वारा बृक्षारोपण (फोटोफिचरसहित)

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ श्रावण – लायन्स क्लब अफ नेपालगन्ज जीवनले आज विहिबार माध्यमिक विद्यालय महेन्द्रनगरमा विभिन्न जातका ९५ विरुवा रोपेको छ । लायन्स क्लबले बन कार्यालयको सहयोगमा ७० र अन्य नर्सरीबाट २५ बिरुवा खरिद गरि बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष लायन तोजिन्द्र बिक, क्लवका संस्थापक अध्यक्ष जीवन शर्मा, सचीव मो. जियाउल हक, सल्लाहकार इन्द्रकुमार गिरि, सदस्य पारसमणि अर्याल, भुवन शर्मा, १४ नम्बर वडा अध्यक्ष मजहर अलि साई, विधालय व्यवस्थापन समिति जेष्ठ सदस्य गुलाम रसुल साई, सदस्य धनीराम चमार, वि.व्य.स. सदस्य रामकिशोर गिरी, प्रधानाध्यापक मो. शमीम कुरैसी, शिक्षक प्रतिनिधि मनोजराजा श्रीवास्तव, बिधालयका शिक्षक शिक्षिका विद्यार्थीहरुको सहयोगमा जामुन, निम सागुन, अमला, आँप, अम्बा, बेल, हररो, बररो, शितलचिनी लगायतका बिरुवा लगाउने काम सम्पन्न भएको छ ।...
बहुविवाह सम्बन्धीको कानून स्वीकार्य छैन

बहुविवाह सम्बन्धीको कानून स्वीकार्य छैन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० श्रावण - बहुविवाह सम्बन्धी कानून संशोधन प्रस्तावप्रति अखिल नेपाल महिला संघ बाँकेले गम्भीर आपत्ति जनाएको अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले बताइन । यसै विषयलाई लिएर अनेमसंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेका सीडीयो धरमराज जोशीलाइ ज्ञापन पत्र बुझाएको पनि केन्द्रिय सदस्य पोखरेलले बताइन । विशेष गरी मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निर्धारित परिस्थितिमा बहुविवाहलाई वैधानिकता दिने सरकारको तयारीप्रति संघले कडा आपत्ति जनाएको पनि पोखरेलको भनाइ रहेको छ । २०७५ भाद्र १गते देखि पूर्णतया निषेध गरिएको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुबिबाह गर्न पाउने कानुन ल्याउन लागेकोमा अनेमसंघको घोर आपत्ती छ घरमा श्रीमती हुदा हुदै बाहिरको अनैतीक सम्बन्धबाट जन्मेका सन्तानको अधिकारको बहानामा ल्याउन लागेको कानुन कदापी स्वीक...
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन सम्बन्धितमा महासंघको पहल

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन सम्बन्धितमा महासंघको पहल

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण - बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै नेपाल किसान महासंघ बाँकेले आवश्यक पहल गरेकोछ । नेपाल किसान महासंघ बाँकेले आईतबार विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पहल गरेको हो । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन महासंघको एक टोली कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेको थियो । मानो रोपी मुरी फलाउने बेला रासायनिक मल अभावमा बर्षेनी किसानले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै मल तथा वितरण प्रणालीका बारेमा उक्त टोलीले जानकारी समेत लिएको थियो । नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीले किसानलाई सहज र सरलरुपमा मल उपलब्ध गराउन अनुदानमा रासायनिक मल उपलब्ध गराइरहेको ती कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराएको हो । ‘समयमै मल उपलब्ध नहुँदा ...
शुभविहानी मर्निङ्ग वाक समुहद्वारा सामाजिक गतिविधि” गुप्ता र घर्तीमगर सम्मानित

शुभविहानी मर्निङ्ग वाक समुहद्वारा सामाजिक गतिविधि” गुप्ता र घर्तीमगर सम्मानित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १७ श्रावण - १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशीपमा स्वर्ण पदक विजेतालाई सम्मान गरिएकोछ । बाँकेको नेपालगन्जबाट प्रतिनिधित्व गर्दै थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशीपमा स्वर्ण पदक विजेता नेपालगन्जका मोहित गुप्तालाई सम्मान गरिएको हो । शुभ विहानी मर्निङ्ग वाक समुहले शनिबार विहान मंगल प्रसाद उच्च माविमा एउटा कार्यक्रम गरि सम्मान गरिएको हो । आफ्नै ब्यक्तिगत खर्चमा प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्दै नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर–७ निवासी खेलाडी गुप्ता सहभागिता जनाएका थिए । थाइल्याण्डको पटायामा भएको उक्त प्रतियोगितामा नेपालगन्जका मोहित गुप्ताले एक गोल्ड र एक ब्रोन्जि स्ट्रेन्थ प्राप्त गरेका थिए । शुभ विहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको सम्मानमा देशको नाम अन्तर्राष्ट्रिय ज...
सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित

सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ श्रावण – धार्मिक आस्था र सांस्कृतिक विरासतको केन्द्र मानिने बाँकेको बागेश्वरी मन्दिर अहिले दुर्गन्धित र फोहोरले भरिएको तालका कारण आलोचित बनेको छ । मन्दिर परिसरभित्र रहेको ऐतिहासिक तालमा फोहोरको चाङ लागेको, नालाको पानी मिसिएको र ढलको निकास सिधै त्यहीँ छाडिएको स्थानीयको गुनासो छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ मा अवस्थित बागेश्वरी मन्दिरलाई सनातनी हिन्दू धर्मावलम्बीहरू अत्यन्तै पवित्र स्थलका रूपमा लिन्छन् । हजारौं श्रद्धालुहरू यहाँ दैनिक पूजाआजा, स्नान, दर्शन र नित्यकर्मका लागि आउने गर्छन् । तर हाल मन्दिर परिसरभित्रको तालमा दुर्गन्ध, फोहोर र अपवित्रता फैलिएको छ । जसको कारण श्रद्धालुहरू आक्रोशित छन् र धार्मिक भावनामा गम्भीर चोट पुगेको महसुस गरिरहेका छन् । धार्मिक स्थल मै ढलको निकास स्थानीय वासिन्दा प्रमोद शर्मा भन्छन्, “यो त पवित्र स्थल हो, हामी यहीं नुहाएर मात्...
देश बनाउन सबै आ-आफ्नो ठाउँमा जिम्मेवार  हुनै पर्छ- राठौर

देश बनाउन सबै आ-आफ्नो ठाउँमा जिम्मेवार हुनै पर्छ- राठौर

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १३ श्रावण - नेपाली कांग्रेसका सह-महामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले राष्ट्रिय लुटमा जनसहभागिता रहेको पाइएको बताएकाछन् । बाँकेको खजुरामा मङ्गलबार आयोजित ‘सगरमाथा वृक्षारोपन महाअभियान कार्यक्रम’लाई सम्बोधन गर्दै संघीय सांसद राठौरले यस्तो बताएका हुन् । देशमा राजनीतिक दल, नेता तथा कार्यकर्ता देखी सबै आ-आफ्ना ठांउमा जिम्मेवार हुनुपर्ने बताउँदै संघीय सांसद राठौरले भने–‘राष्ट्रिय लुटमा जनसहभागिता पाइयो, जसले जति पायो त्यती लुटिरहेकाछन् ।’ चारैतिर भ्रष्टाचार मौलाएको, बेथिति बढ्दै जाँदा पनि जनताले मौनता साँधेर बस्दा राष्ट्रिय लुटमा जनताको सहभागिता भएको पुष्टि गरेको उनको टिप्पणी छ । बजेट तथा कार्यक्रम छनोट गर्दा प्राथमिकताका आधारमा गरिनुपर्नेमा त्यसो नभएको उनको तर्क छ । कांग्रेस–एमालेको गठबन्धन सरकार भएपनि जनताको आवश्यकता, माग र मर्म बमोजिम काम नभएको उनले बता...
पद, पैसा र पावर अस्थायी हुन्, गन्तव्य असलबाटो नैतिकता नै होः सहमहामन्त्री राठौर

पद, पैसा र पावर अस्थायी हुन्, गन्तव्य असलबाटो नैतिकता नै होः सहमहामन्त्री राठौर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ११ श्रावण - नेपाली कांग्रेसका सह-महामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले पद, पैसा र पावर अस्थायी भएकाले यसका लागि नैतिकता नबेचेको बताएका छन् । नेपाल किसान महासंघ खजुरा गाउँपालिका कार्यसमितिको आयोजनमा आईतबार ४३ औं विपी स्मृति दिवसका अवसर पारेर भएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले यस्तो बताएका हुन् । ४० वर्षे आफ्नो राजनीतिक यात्रामा झुटो नबोलेको, कसैलाई नठगेको जनाउँदै कांग्रेस महामन्त्री राठौरले भने –‘विपीले हामीलाई असल मान्छे बन्नु असलबाटो हिडनु भनेर सिकाउनु भएकोछ । त्यसैले नैतिकता बेचेर गरिने सौदाबाजी ब्यक्ति, समाज र राष्ट्रका लागि घातक हुन्छ । मैले बेचेको छैन बेच्दिन पनि ।’ आफू ठिक भए सबै ठिक हुने बुझेको बताउँदै सहमहामन्त्री राठौरले अगाडी भने ‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन, बरु राजनीति छोडेर मानपुर(बर्दिया घर)...
वीपी स्मृति दिवसमा विविध कार्यक्रम

वीपी स्मृति दिवसमा विविध कार्यक्रम

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० साउन - नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बि.पी. कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा नेपाल किसान महासंघ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ कार्यसमितिले विविध कार्यक्रम गरि मनाएको छ । विपीको स्मृति दिवसमा शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित हडियाबाबा प्रङ्गणमा सरसफाई तथा विभिन्न बीउविजन वितरण गरि मनाएको हो । नेपाल किसान महासंघ नेपालगन्ज वडा नम्बर–६ का वडा अध्यक्ष सगुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो सरसफाई तथा बीउविजन वितरण कार्यक्रम गरिएको थियो । हडियाबाबा प्राङ्गणमा उम्रिएका झारपात, घाँस र त्यहाँ थुप्रिएका फोहोरलाई एकिकृत गरि त्यसको व्यवस्थापन समेत गरिएको थियो । सरसफाई तथा बीउविजन वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव महेन्द्र मल...
श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – श्रावण महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस महिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीहरुका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्व छ । श्रावण महिनाको सोमबार नेपालगन्जको एतिहासिक धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा विभिन्न ठाउ“बाट श्रदालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस श्रावण महिनालाई विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर श्रावण महिना आएको महसुस गराउ“दछन् । भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा...