Tuesday, March 11सत्यम खबर
Shadow

राजनीति

मस्कको दाबी- ट्रम्प पराजित भएमा मलाई जेल हालिन्छ, अमेरिकामा फेरी चुनाव हुदैन

मस्कको दाबी- ट्रम्प पराजित भएमा मलाई जेल हालिन्छ, अमेरिकामा फेरी चुनाव हुदैन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ असोज – टेस्ला, स्पेस एक्स र एक्सका मालिक एलन मस्कले राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पराजित भएमा आफुलाई जेल हालिने टिप्पणी गरेका छन् । एन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामामा म्स्क्ले ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा कमला ह्यारिससँग पराजित भए भने आफु जेल जान सक्ने बताएका हुन् । साथै उनले कमला ह्यारिसले चुनाव जितेमा अमेरिकामा फेरि कहिल्यै चुनाव नहुने दाबि समेत गरेका छन् । मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गर्दै आएका छन् । मस्कलाई ट्रम्प चुनाव हारे भने के हुन्छ ? भन्ने प्रश्न सोधिएकोमा उनले भने- 'यदि ट्रम्प चुनाव हारे भने सोच्नुहोस् म गएको छु । म कति वर्ष जेल जान्छु जस्तो लाग्छ ? के म मेरा छोराछोरीलाई पनि हेर्न सक्षम हुनेछु ? मलाई थाहा छैन।' हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा पनि मस्कले पूर्व राष्ट्रपतिसँग स्टेज साझा गर्दै ट्रम्पलाई...
चीनको स्वेच्छाचारी नजरबन्दले अन्तर्राष्ट्रिय समुदाय तनावमाः चीनलाई ‘यात्रा निषेधित’ सुचीमा थप्न अमेरिकी सांसदको माग

चीनको स्वेच्छाचारी नजरबन्दले अन्तर्राष्ट्रिय समुदाय तनावमाः चीनलाई ‘यात्रा निषेधित’ सुचीमा थप्न अमेरिकी सांसदको माग

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ असोज – चीनमा स्वेच्छाचारी नजरबन्द अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संगठनहरू र विदेशी सरकारहरूको लागि महत्त्वपूर्ण र बढ्दो चिन्ताको विषय बनेको छ। चिनियाँ सरकारले असहमतिलाई दबाउन, राजनीतिक विरोधलाई मौन बनाउन र अल्पसंख्यक जनसंख्यालाई नियन्त्रण गर्न एक उपकरणको रूपमा हिरासतलाई व्यवस्थित रूपमा प्रयोग गरेको आरोप लगाइएको छ। उचित प्रक्रिया वा स्पष्ट कानुनी औचित्य बिना व्यक्तिहरूलाई समात्ने अभ्यासले व्यापक आलोचना भईरहेको छ । धेरैले चेतावनी दिएका छन् कि यसले आधारभूत मानव अधिकारको गम्भीर उल्लङ्घनलाई प्रतिनिधित्व गर्दछ। स्वेच्छाचारी नजरबन्द भन्नाले पर्याप्त कानुनी आधार वा उचित प्रक्रिया बिना राज्यका अधिकारीहरूले व्यक्तिहरूलाई पक्राउ वा कैद गर्नुलाई जनाउँछ। चीनको मामिलामा, स्वेच्छाचारी नजरबन्द प्रायः औपचारिक आरोपहरू, गोप्य परीक्षणहरू र कानुनी प्रतिनिधित्व वा पारिवारिक सम्पर्कको पहु...
चीन र चिनियॅा कम्युनिष्ट पार्टीको छॅायामा श्रीलंकाको नयॅा राष्ट्रपति

चीन र चिनियॅा कम्युनिष्ट पार्टीको छॅायामा श्रीलंकाको नयॅा राष्ट्रपति

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
श्रीलंका, २८ असोज – अनुरा कुमारा दिसानायके श्रीलंकाको नयाँ राष्ट्रपतिको रूपमा निर्वाचित भएपछि श्रीलंकाको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन भएको छ । जनता विमुक्ति पेरामुना (JVP) एक माक्र्सवादी झुकावको पार्टी जसमा पार्टीका ५५ वर्षीय नेताले भ्रष्टाचारलाई जरैबाट हटाउने, देशको गम्भीर आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्ने र श्रीलंकाली जनतालाई आवाज दिने वाचा गरेर सत्तामा पुगेका छन् । उनको चुनाव श्रीलंकाको लागि महत्त्वपूर्ण समयमा आएको छ किनकि धेरै राष्ट्रले यस दशकहरूमा सबैभन्दा खराब वित्तीय संकटबाट नतिजाको सामना गरिरहेको छ। कमजोर निर्यात, बढ्दो ऋण र कमजोर सुशासनले ल्याएको पतनले देशलाई चारैतिरबाट बाह्य आर्थिक सहायता खोज्न बाध्य बनाएको छ। यद्यपि, दिसानायकेको नेतृत्वमा श्रीलंकाको विदेश नीतिमा सबैभन्दा ठूलो चिन्ता आर्थिक सुधार मात्र नभई यसले चीनसँगको बढ्दो जटिल सम्बन्धलाई कसरी नेभिगेट गर्छ भन्न...
महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकीको गोली हानी हत्या

महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकीको गोली हानी हत्या

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ असोज – भारतको महाराष्ट्रका अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए । मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका रहेका छन् । झण्डै ४८ वर्षदेखि कांग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए । बाबा सिद्दिकीले १६–१७ वर्षको उमेरदेखिनै कांग्रेसमा काम गर्न थालेका थिए । १९९२ र १९९७ मा, बाबा सिद्दीकी कांग्रेसको ...
मानवसेवामा समर्पित वडा अध्यक्ष दिपककुमार बर्मा

मानवसेवामा समर्पित वडा अध्यक्ष दिपककुमार बर्मा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ असाेज - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्मा निर्वाचित भएर आएदेखि वार्ड भित्र थुप्रै सकारात्मक र वडाबासीहरूकाे चाहना अनुसार कार्य गर्दै आएकाे छन् भन्ने सर्वविदित्तै रहेकाे छ । साेही अनुसार मानव सेवामा सदैव समर्पित जनप्रिय वडा अध्यक्ष बर्मा वडाबासीकाे चाहना अनुसार नै दाेस्राे पटक निर्वाचित भई हाल जनताकाे सेवामा समर्पित रहेका छन् भने वडा अध्यक्ष बर्मा नेकपा एमालेका पुर्व जिल्ला सचिव समेत रहेका छन् । वडा अध्यक्ष दिपककुमार बर्माले आज आफ्नाे जन्मदिनकाे अवसरमा पुन: सराहनिय कार्य गर्दै आर्थिक लगानी अन्त खेर फाल्नुभन्दा समाज सेवामा लगाउने उद्देश्यका साथ मानव सेवा आश्रममा रहेका सम्पुर्णलाई बिहानकाे खाना तथा ५६ थान ब्ल्यांकेट सहयाेग गरेका छन् । वडा अध्यक्ष बर्माले संक्षिप्त भनाई राख्दै भन्नुभयाे- "हामीले थाेरै सहयाेग आश्रित मानवहरूमा ग...
विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ असोज – विमानस्थलको गोप्य जानकारी संदिग्ध चिनियाँ जासुसलाई उपलब्ध गराएको आरोपमा जर्मनीमा एक जना चिनियाँ महिला पक्राउ परेकी छिन् । जर्मन प्रहरीले लाइपजिग शहरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको नाम याची एक्स रहेको जर्मन प्रहरीले जनाएको छ । समाचार संस्था एपीका अनुसार उनलाई जर्मनीको गोपनियता कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । उनले चीनको जासुसी निकायका लागि काम गरिरहेको आशंका गरिएको छ । उनी लाइपजिगस्थित हले विमानस्थलमा लजिस्टिक सेवा उपलब्ध गराउने कम्पनीमा कार्यरत थिइन् । उक्त विमानस्थलले हवाइ यात्रु र कार्गो सेवा दिँदै आएको छ । यद्यपि उक्त विमानस्थल खासगरी कार्गो सेवाका लागि परिचित रहेको एपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सन् २०२३ को अगस्टदेखि यस वर्षको फेब्रुअरीसम्म उनले जियान गुओ नाम गरेका व्यक्तिलाई विमानस्थलको जानकारी बारम्बार चुहाउँदै आ...
भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज

भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ असोज – भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने संयुक्त राष्ट्रसंघमा आवाज चर्कँदै गएको छ । सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता प्रदान गर्न फ्रान्स, रुस, अमेरिका, पोर्चुगल, बेलायतजस्ता मुलुकका नेताहरुले समर्थन जनाइसकेका छन् । हालै अफ्रिकी मुलुक अङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्सोले पनि सुरक्षा परिषदमा सुधार आवश्यक रहेको जनाएका छन् । भिडियो सन्देश जारी गर्दै राष्ट्रपति लोरेन्सोले अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व र भारतीय उपमहाद्विपका मुलुकहरुको प्रतिनिधित्व बढ्नुपर्ने उल्लेख गरेका छन् । त्यसैगरी, ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले पनि सुरक्षा परिषदमा सुधार आवश्यक रहेको बताएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले परिषदमा ल्याटिन अमेरिकाबाट ब्राजिल, भारत र अफ्रिकी महादेशबाट एउटा मुलुकको प्रतिनिधित्व हुनुपर्ने ...
भारतको हरियाणामा बिजेपीको प्रचण्ड बहुमतसहित हैट्रिक जीततर्फ अग्रसर

भारतको हरियाणामा बिजेपीको प्रचण्ड बहुमतसहित हैट्रिक जीततर्फ अग्रसर

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ असोज – भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिॅदै जीततर्फ उन्मुख रहेको छ । ९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार बिजेपीले ५१ सिटमा अग्रता लिएको छ त्यस्तै भारतीय नेशनल कांग्रेसले ३४ सिटमा अग्रता लिएको छ भने अन्य ५ सिटमा अगाडी रहेका छन् । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ । यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए । त्यस्तै जम्मु कश्मिरमा कांग्रेस नेतृत्वको गठबन्धनले ४८ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी २९ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी ३ र अन्य १० सिटमा अगाडी रहेका छन् । ९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरम...
सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
चौतारा, २३ असोज – सरकारले भारतबाट २० वटा बेलिब्रिजल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलिब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलिब्रिज ल्याउने तयारी भइरहेको बताए। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढ...
चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २२ असोज – चिनियाँ सरकारसँग सम्बन्धित उच्च कुशल ह्याकरहरूको समूहले पछिल्ला केही दिनमा धेरै अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक गरेको छ । अमेरिकी मिडिया रिपोर्टका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधहरूमा पहुँच प्राप्त गरेको बताइएको छ । यस ह्याकिङबाट भएको क्षतिको बारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटी एण्ड टी, भेरिजोन र लुमेन लगायत धेरै प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् । चिनियाँ ह्याकरहरूको घुसपैठले सम्भावित राष्ट्रिय सुरक्षा जोखिमहरूको बारेमा अमेरिकी अधिकारीहरू बीच गम्भीर चिन्ता खडा गरेको छ । अमेरिकी टेलिकम्युनिकेसन कम्पनीहरूमा चिनियाँ ह्याकरहरूले गरेको यो साइबर हमला अत्यन्त आधुनिक र परिष्कृत भएको रिपोर्टहरूले बताएका छन् । यसले साइबर जासुसी र विभिन्न सुरक्षा मुद्दाहरू...