अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे
नेपालगन्ज, २५ फागुन – गोपाल÷नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्ध साप्ताहिकद्वारा “वृहद् रक्तदान कार्यक्रम’’ को आयोजना गरिएको छ ।
बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६४ औं श्रृङ्खलामा सम्पन्न उक्त कार्यक्रम ११ जना महिला सहित ६० जनाले रक्तदान गरेको गोपाल÷नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनु भयो ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शनिवार गरिएको सो अवसरमा “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६४ औं श्रृङ्खला” मा रक्तदान अभियानको शुभारम्भदेखि नै निरन्तर रक्तदान गरेर मानवीय कार्यमा अतुलनीय योगदान गरेकोमा उच्च कदर...









