Friday, September 25सत्यम खबर
Shadow

प्रदेश ५

भंघोटनामा सिलाई प्रशिक्षण केन्द्र सञ्चालन

भंघोटनामा सिलाई प्रशिक्षण केन्द्र सञ्चालन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत – बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सिलाई प्रशिक्षण केन्द्र सञ्चालन भएको छ । विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वालम्बन योजना अन्तर्गत सिलाई प्रशिक्षण केन्द्र डुडुवा गाउँपालिका वडा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सञ्चालन भएको छ । सिलाई प्रशिक्षण केन्द्रमा ३० जना महिलाहरुले ६ महिनाको प्रशिक्षण लिई रहेका छन् । आवश्यकता अनुसार थप पनि गर्न सकिने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभाग राष्ट्रिय प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि धनुषधारी पाण्डेय, विश्व हिन्दू परिषद नेपाल कर्णाली लुम्बिनि संभाग सचिव कृष्णमुरारी प्रसाद भट्ट, विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेश उपाध्यक्ष रामशंकर द्विवेदी, विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला अध्यक्ष सञ्जय बर्नवाल, विश्व हिन्...
साहु समाज समितिको होली मिलन समारोह

साहु समाज समितिको होली मिलन समारोह

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ चैत – साहु समाज समिति बाँके एवं साहु समाज युवा समितिको संयुक्त आयोजनामा आज शनिवार होली मिलन कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ । साहु समाज समिति बाँकेका सचिव प्रदीप शाहद्वारा सञ्चालित होली मिलन कार्यक्रममा साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षता, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न होली मिलन कार्यक्रममा साहू समाज युवा समितिका अध्यक्ष रामकिसुन साहुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरुलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–५ स्थित श्री राधाकृष्ण मन्दिरमा सञ्चालित होली मिलन समारोह कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बस्नेतले साहू समाजको बारेमा प्रकाश प...
सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ चैत – भारतको सीमावर्ती क्षेत्र रुपईडीहामा भारत सरकारको गृह मन्त्रालय अन्तर्गत लैंड पोर्ट अथुरिटी आँफ इण्डियाको आयोजनामा भारत नेपाल सीमामा होलीको शुभ अवसरमा रुपईडीहा इंटीग्रेटेड चेक पोष्ट सभाहलमा लैंड पोर्ट अथुरिटी आँफ इण्डियाले गरेको होली मिलन समारोह तथा हाँस्य कवि सम्मेलन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम नगर पञ्चायत रुपईडीहाका प्रमुख डाक्टर उमाशंकर वैश्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल र भारत दुबै ठाउँबाट कविहरुले आफ्ना आफ्नो रचना सुनाएका थिए र कार्यक्रममा रचना सुनाएर मनोरञ्जन गराएका थिए । कार्यक्रमको सञ्चालन कवि तिलकराम अजनबीले गरेका थिए । सर्व प्रथम लैंड पोर्ट आँफ इण्डियाका प्रबन्धक सुधीर शर्माले कार्यक्रममा अतिथिहरुलाई पुष्प गुच्छा प्रदान गरी स्वागत गरेका थिए । कार्यक्रममा कवि वीरेश पाण्डेयद्वारा वन्दना आरती प्रस्तुत गरी सम...

ट्राफिक इन्चार्ज बरिष्ठ सई आचार्य नगदसहित पुरस्कृत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ चैत – नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यलाई नगदसहित पुरस्कृत गरेको छ । नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेको भन्दै प्रहरी प्रधान कार्यालयले आचार्यलाई नगदसहित पुरस्कृत गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तर्गत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक आचार्यले आफूले पाएको जिम्मेवारी नेपाल प्रहरीको नीति र निर्देशनलाई कर्तब्यनिष्ठ र अनुशासित भई जिम्मेवारी पूरा गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ । नेपालगन्जको अब्यवस्थित ट्राफिक ब्यवस्थापनलाई आचार्यले ब्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । उनले ट्राफिक ब्यव...
राज्यको फितलो कानुनले बाल सुधारगृहमा पटक पटक झडप

राज्यको फितलो कानुनले बाल सुधारगृहमा पटक पटक झडप

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ चैत – राज्यद्वारा निर्माण गरिएको फितलो कानुनले गर्दा जयेन्दु बाल सुधार गृहमा पटक पटक झडप हुने गरेको स्थानीयहरुको आरोप रहेको छ । गत वर्ष यस्तै झडप हुँदा एकजनाको ज्यान समेत गएको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका–६ को आसमानपुर स्थित रहेको जयेन्दु बाल सुधारगृहमा पटक पटक झडपको स्थिति किन आउने गरेको छ, त्यसको समिक्षा गर्नुपर्ने जानकारहरु बताउँछन् । केही दिन अगाडी मात्र जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दी वीच झडप हुँदा ६ जना घाईते भई भेरी अस्पतालमा उपचाररत रहेका थिए भने प्रहरीलाई बल प्रयोग गरी बाल सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाईएको स्थानीयहरुको भनाई रहेको छ । घटना फागु पुर्णिमाका दिन राती करीब १२–१ बजेको बीच दुई पक्षमा विवाद हुँदा झडप हुनुका साथै बिहान बालबन्दीहरुले प्रहरीलाई कुटपिट गरी बाहिर भगाई सुधारगृहमा आगजनी गर्नुका साथै ढंगामुढा समेत गरे...
सशस्त्र प्रहरी कृष्णनगरद्वारा १५ लाख बराबरको चुरोट बरामद

सशस्त्र प्रहरी कृष्णनगरद्वारा १५ लाख बराबरको चुरोट बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, ५ चैत्र - भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । आईतबार साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ । कपडा, चिनी, गाडिको पार्टसलगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ । कृष्णनगर सशस्त्र प्रह...
महेन्द्र पुस्तकालयले दियो उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

महेन्द्र पुस्तकालयले दियो उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ चैत्र – महेन्द्र पुस्तकालय नेपालगन्जले बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशी नगद २१ हजार रहेको छ । डा. कृष्ण जङ्ग राणाद्वारा स्थापित शान्ता राणा शैक्षिक पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुरकी छात्रा श्री संगिता कटुवाललाई प्रदान गरिएको हो । जिल्लाका सामुुदायिक विद्यालयहरुका कक्षा १२ का छात्राहरुमध्ये सबै भन्दा उत्कृष्ट अंक ३.५८ जीपीए प्राप्त गरेकी कटुवाललाई पुरस्कार प्रदान गरिएको हो । पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता तथा नेपालगंज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख श्री कमरुद्दीन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसमेतको सहभागिता रहेको पुरस्कार वितरण कार्यक्रममा पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीर...
निबन्ध प्रतियोगिता सम्पन्न

निबन्ध प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । नारायण माध्यमिक विद्यालय नेपालगन्जको कक्षा–९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेमकुमार शर्मा, रमेशकुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहेका थिए । विश्...
राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारिक भएनः संविधान सभा पूर्व उपसभामुख सुवेदी साबित्री गिरी

राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारिक भएनः संविधान सभा पूर्व उपसभामुख सुवेदी साबित्री गिरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २७ फागुन – संविधान सभाकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताउनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे कल्ब अन्तर्गत आज नेपालगन्जमा सम्पन्न गरेको कार्यक्रममा मुख्य बक्ताका रुपमा सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताउनुभयो ।   विक्रम संवत् २०१५ सालमा जन्मनु भएकी सुवेदी विक्रम संवत २०३४ सालदेखि हालसम्म राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टिमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव आज कार्यक्रममा सुनाउनु भएको छ । युद्धको बेला गोली कानको छेउबाटै जाँदा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउँदा उहाँ भाबुक बन्नुभयो । पारिवारीक तथा सामाजिक उल्झनहरुलाई छिचोल्दै पार्टीका विभिन्न मुख्य पदहरु उहाँले सम्हाल्दै निरन्तर अगाडि बढिरहनु भएको छ । पत्...
पूर्वराजाको स्वागतमा राजावादीको जमघट, त्रिभुवन विमानस्थलमा सुरक्षा कडा

पूर्वराजाको स्वागतमा राजावादीको जमघट, त्रिभुवन विमानस्थलमा सुरक्षा कडा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं , २५ फाल्गुण - पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजधानीमा राजावादीहरूको भेला सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजसंस्थाका समर्थकहरूको उपस्थिति बढ्दै गएको छ, जसका कारण विमानस्थल क्षेत्र राजनीतिकरूपमा संवेदनशील बन्दै गएको छ। पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने योजना अनुसार राप्रपाका कार्यकर्ता तथा अन्य राजसंस्थाप्रेमीहरू विमानस्थल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन्। उनीहरूले पूर्वराजालाई विमानस्थलबाट निर्मल निवाससम्म भव्य स्वागतसहित लैजाने योजना बनाएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत स्वागतका लागि विमानस्थल जाने तयारीमा छन्, भने राप्रपा नेपाललगायतका अन्य राजावादी संगठनहरूले नागरिकहरूलाई व्यापक सहभागिता जनाउन आह्वान गरेका छन्। विमानस्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता राजावादीको गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा ...